Hom Suvedi

खाँचो

(यो कविता २०४० साल जेठ १८ गते लेखिएको रहेछ । यो दिन म काठमाडौको अहिले दाजु राजेन्द्र बस्नु भएको घरसँग जोडिएको जग्गा पास गर्न गएको थिएँ । पिताजी र पत्नी विनाका साथ । यस दिन चिनको यात्रामा हिनेका तत्कालीन फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ मितराँ नेपालको बाटो भएर अर्थात् नेपाललाई ट्रान्जिट बनाएर चिन जान लागेका थिए ।… Read More »खाँचो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म पानी

सधैं म मध्यरातमा भएर शीत पर्दछु
र व्योम धर्तीमा सधैं म शीत बिन्दु छर्दछु ।
जसै म झर्छु सुस्तरी बतास बन्छ शीतल
स्वभाव यो हुने हुँदा मलाई भन्दछन् जल ।।१।।

समस्त प्राणीमात्रको म प्राणमाथि प्राण हुँ
जता जता छ शुष्कता त्यता त्यता म त्राण हुँ
कराल काल अग्निले जहाँ जहाँ डढाउँछ
त्यहाँ त्यहाँ भने स्वयं म एक रामवाण हुँ ।।२।।

जताततै पहाडमा भई सुरम्य निर्झर
झरेर ओर्लँदै मिठो गरेर नाद झर्झर
म सुस्त सुस्त सुस्तरी विभिन्न राग गाउँदै
गला गला म धाउँला जहाँ गलो छ हर्हर ।।३।।

अनन्त कालदेखिको मिठो मिठो कहानी हुँ
कतै कतै वियोगको स्वभावकै सुनामी हुँ
समुद्रबाट बाफमा उडेर माथि लम्कँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

किस्ताबन्दी (पहिलो किस्ता)

यादव दाइ शिक्षा कार्यालयको उच्च पदका कर्मचारी हुन् । उनी अफिसको कर्मचारीहरुको दर्जामा हाकिमभन्दा थपक्कै पछिको दर्जामा पर्छन् । अफिसमा माथिकै दर्जाका भएर पनि घरमा भने उनी बिहानबिहानका भान्से मात्र हुन् । घरको व्यवस्थाअनुसार बिहानको खाना तयार गर्ने पालो उनको हो । आज पनि समयमै उनी दाल, भात तरकारी पकाउँदै छन् । उनकी श्रीमती पनि… Read More »किस्ताबन्दी (पहिलो किस्ता)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मायाको यो रुप

तीन वर्ष पुग्दानपुग्दै शारदाले छोरालाई किन्नर गार्डेनमा भर्ना गर्न लगिन् । एक त भर्खर अस्तिसम्म पनि दूध चुसिरहेको थियो छोरो अर्को ता काखबाट एकै छिन प,िन अलग गरेकी थिइनन् । यसरी अलग नगरिएको छोरालाई अलग गर्न नै नसकेर उसलाई छोडेर घर फर्कन खुट्टै लागेनन् । अझ दिउसो भरि उनबाट अलग हुँदा के हुने हो उनले… Read More »मायाको यो रुप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुर्ती लागेकोलाई एेंसेलु

गोले कान्छाको बारीमा तोरी सारै फल्थ्यो । उनको घरमाथि र उनको बारीसिरानको भित्ता अलिक सेपिलो ठाउँ छ । त्यो आज पनि सेप सेप परेकै छ । त्यहाँ अझै पनि चैत बैशाखतिर एेंसेलु निकै पाक्छन्, झुप्पाका झुप्पा । अलिक माथि काफल पनि यसै बेलामा पाक्थे तर अब दाउरा काट्नेले काफल समाप्त पारेछन् । हामी त्यहाँ गाई… Read More »सुर्ती लागेकोलाई एेंसेलु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पूजाका फूलको जोरजाम

नाम कोपिला भएजस्तै फूलकी सौखिन छिन् कोपिला । घरका कौसीमा समेत नाना थरीका रंगीबिरंगी फूलहरु गमलामा फुलाएर उनले आफ्नो सौन्दर्यप्रियताको उदाहरण देखाएकी छिन् । उनी धर्मकर्म भनेपछि हुरुक्क हुन्छिन् । कता पुराण छ, कता भजन कीर्तन छ अनि केता यस्तै केके पूजापाठहरु कहाँ कहाँ हुन्छन् भनेर उनलाई जानकारी हुन्छ । प्रौढ भएर पनि त्यस्तो अवसरमा… Read More »पूजाका फूलको जोरजाम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सर्वत दान

धार्मिक स्वभाव भएको परिवार थियो श्रेष्ठज्यूको । चाडपर्वहरुमा पूजापाठ दान दक्षिणा भोजन आदि गराउने चलन थियो उनको । उनी भन्दा पनि उनका श्रीमती धर्मकर्ममा सारै एकाग्र भएर लागेकी हुन्थिन् । अक्षय तृतीयाको पर्वमा मन्दिरनेरका विद्यालयका आवासीय वटुकहरुलाई सातु सर्वत खुवाउने उनको विचार भयो । उनी धन र मनमा पनि उदार थिइन् । सर्वत मात्र होइन छाता र जुता पनि दान गर्ने उनको सोच भयो । यसैले सर्वत सातु खुवाउने र छाता जुत्ताहरु दान दिने बन्दोवस्तका साथ दिउसो घाम लागेको र तिर्खाएको मौका पारेर विद्यालयतिर गइन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली लेखनको स्थिरतामा भएका केही उतारचढावहरू

नेपाली भाषाको लेखनलाई व्याकरणनिष्ठ बनाउँदै शुद्धाशुद्धीको ख्याल गरेर लेख्ने परम्पराको थालनी भएको पनि सय वर्ष नाघिसकेको कुरा जगजाहेर छ । सुब्बा वीरेन्द्र्र केशरी अर्यालले नेपाली भाषाको बेसरी नामक व्याकरण १९६३ सालमा लेखेका थिए । पछि प्रकाशित भएको भए पनि यसमा नेपाली भाषालाई निष्ठापूर्वक लेखिनु पर्ने कुराको जोड थियो । नेपाली भाषाको व्यारणको ऐतिहासिक थालनी यसै बिन्दुलाई मान्ने गरिएको छ । यसै अवधिमा (१९६५) राममणि आचार्य दीक्षितले हलन्त बहिष्कार आन्दोलन नै चलाएका छन् । त्यो पनि लेखनका लागि गतिलो प्रयास थियो । तर खुट्टा काट्नै नहुने सोच भएको राममणि आदीको लेखनमा आग्रह बढी थियो गतिलो र वैज्ञानिक तर्क थ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

स्मृतिग्रन्थ प्रकाशन एन्ड कम्पनी लिमिटेड

कुरा अलिक हाँस उठ्तो हुन सक्ला । तर हाँसो उठ्तो भए पनि कुरा यथार्थै हो । त्यसै यथार्थ कुराबाट म यहाँका कुरा थाल्छु । केही वर्ष अघिको कुरा हो । मेरो चिनाजानीका मित्र जसलाई म अहिलेसम्म पनि दाजु भन्छु उहाँबाट मलाई फोन आयो । मैले उहाँको फोन उठाएँ । उताबाट कुरा आए— ‘भाइ, तपाईंले प्रधान सम्पादकका रुपमा बसिदिनुपर्ने भो, भ्याउदिनँ भन्न पाउनुहुन्न है ।”
“के छाप्न लाग्नु भो दाइ ?’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जाऊ जाऊ जाऊ

जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ
जित्यौ चुनाउ
फेरि आयो दाउ
तिम्रो भयो भाउ
आज सम्म गाउँ खायौ
अब देश खाऊ ।

जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ
मोज गर्न जाऊ
भोज खान जाऊ
तर मार्न जाऊ
तिमीलाई छुन सक्ने
कस्को बाउ ?
जाऊ ज्वाइँ जाऊ
ससुराली खाएका थ्यौ
अब देश खाऊ
जाउ जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ ।
गाउँ मात्र खाएका थ्यौ
अब देशै खाऊ ।

जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ
जित्यौ चुनाउ
फेरि आयो दाउ
जनतालाई देखाउन
सम्विधान बनाऊ
बनाएकै भोलिपल्ट
सम्विधान डढाऊ ।
नसक्ने नै भएदेखि
जुलुस लिई आऊ
मुन्द्रेहरु अघि लगाई
टायर बाल्न जाऊ
सक्छौ भने चाँडो चाँडो
सम्विधान बनाऊ
सोचे जस्तो भएन कि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •