मायाको यो रुप

तीन वर्ष पुग्दानपुग्दै शारदाले छोरालाई किन्नर गार्डेनमा भर्ना गर्न लगिन् । एक त भर्खर अस्तिसम्म पनि दूध चुसिरहेको थियो छोरो अर्को ता काखबाट एकै छिन प,िन अलग गरेकी थिइनन् । यसरी अलग नगरिएको छोरालाई अलग गर्न नै नसकेर उसलाई छोडेर घर फर्कन खुट्टै लागेनन् । अझ दिउसो भरि उनबाट अलग हुँदा के हुने हो उनले सोच्न पनि सकिनन् । पोहोर साल उनले बाध्य भएर छोरालाई एक रात छोड्नु पर्दा उनको छातीमा सारै पीडा भएको थियो । छातीमा गाँठो परेको अनुभव भएको थियो । त्यो बेला ता दूध छुटाएको थिएन । दूध गानिएर यस्तो भएको थियो होला भनेर सोचेकी थिइन् । अब ता छुटाइसक्न सक्न लागेको छ । उति खोज्न छोडेको छ । यसो दूध खान खोज्छ अरुतिर भुल्याइन्छ । सायद त्यति सारो नहोला कि भनेर अलि मुटु बलियो पारेर फर्किन् । दोधार भो । घर आइनपुग्दै फनक्क फिरेर गई छातीमा च्यापेर छोरालाई चुमूँ जस्तो लाग्यो तिनलाई ।
केके गरेर केही समय ता घरमा बिताइन् तर आफ्नो मुटुको टुक्रालार्ई स्कुलमा केही भयो कि भनेर मनमा हुरी चलिरह्यो ।
‘आ के भा होला म पनि !’ आफैंलाई हकारेर उनले मन बलियो पार्न खोजिन् । अरु दिन भन्दा धेरै लामो दिन लाग्यो तिनलाई । आजै ता छोराबाट छुटिँदा यस्तो छ पछि कसरी सकुँला मैले भन्ने पनि उनले सोचिन् ।
केही नलागेर लिन जानु पर्ने बहाना पारी स्कुल छुट्टी हुनु भन्दा निकैै छिटो उनी लागिन् स्कुलतिर ।
स्कुलमा गइन्, अनुमति लिएर आफ्नो छोरोको किन्नर गार्डेनको कक्षामा पसिन् । भित्र अचम्मको दृश्य उनको आँखामा प¥यो । कुनै केटाकेटी सुतेका कुनै खेलिरहेका, कुनै कसैलाई सुमसुम्याइरहेका कुनै भने कुनामा धुम्धुम्ती बसिरहेका, कुनै रुन रुन लागेका । धाईले सबैलाई फुल्याउन कोसिस गरिरहेकी । आफ्नो छोरो भने नदेखेर उनलाई अचानक मुटुमा चस्का प¥यो । खै मेरो छोरो ? प्रश्न मनमा उठ्ता नउठ्तै कक्षाको पल्लो छेउमा पलेंटी कसेर बसेकी एक अर्ध वयष्क महिलाका काखमा छोरो निधाइरहेको देखिन् ।
ढुक्क लाग्यो ।
स्कुल सकियो । छोरालाई लिएर उनी घर गइन् ।
केही दिन अलिक पिरे पनि केही दिनदेखि छोरो स्कुल जान हतारिन थाल्यो । उसको स्वभाव केही फरक देखिन र उतै बस्न पाए हुने जस्तो गरेको बुझिन थाल्यो । सायद अब स्कुल जान उसलाई रमाइलो लाग्दो हो, उनले सोचिन् । किन यसरी छोरो हतारिन थाल्यो यसको खोजी ता शारदाले गर्नै पर्ने भो । अनि पहिलेको जस्तै एक दिन गइन् स्कुलमा ।
सरासरी किन्नर गार्डेनको कक्षामा गएकी ता छोरो धाइआमाको काखमा बसेर मजासँग दूध खाइरहेको पो रहेछ ।
उनलाई यो दृश्य हेरिनसक्नु भो । गएर लुछेर छोरालाई काखमा लिइन् । तर उनको छोरो भने बुबु बुबु भनिरहेको यियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *