फेसबुकको भित्ता होईन मेरो ह्दय
तिमीलाई मनोमानी कमेण्ट लेखन लगाइरहने
प्रत्येक स्टाटसमा लाईक अनि सेयर खोजिरहने
शब्दका जाल विछाई ब्यपार गर्न दिईरहने
वर्षाैदेखी तिमीलाई अन्जान बनि ह्दयमा खेल्न दिए
आफनै हौ की भनि आत्मियता नजिक राखेको थिए
तिम्रो प्रेम त जीवनको वाटो हुन भनि सपना साचेका थिए
इश्वरको पुजा समझी प्रेमको दिप वालेको थिए
तर तिमीलाई मेरो ह्दयस्पर्षी प्रेमको तरगले छोएन
तिमी प्रति गरेको मेरो विस्वास र आस्थाले पुगेन
र त तिमीले महल अनि भिन्न स्वरुपहरुमा प्रेम खोजिरहेयौ
मेलै समपर्ण गरेका प्रेमका थुगांहरुलाई लत्याईरहेयौ
तिमीले मेरो ह्दयमा फेसबुकको भित्ता झै खेलिरहेयौ
प्रेमको परिभाषालाई आफनै स्वार्थ अनुकुल बनाई रहयौ
मेरो प्रेमलाई पनि तिमी डिजिटल बनाउन खोजिरहौ
प्रेमका लागि एक, दुई होईन तिमी दर्जनौलाई रोजिरहयौ
अव मैले तिम्रो भावलाई बुझिसके
तिम्रो प्रेम भित्र लुकेको स्वर्थलाई चिनिसके
मेरो ह्दयको कुना कुनावाट तिम्रो नाम मेटिसके
तिमीसंगका पल कथा सम्झि भुलि सके
