Skip to content

नबाँध मलाई मायाको डोरीले


नबाँध मलाई मायाको त्यो डोरीले
फुकाउन गाह्रो पर्ला
सपना सबै उडाउदा हुरीले
आँखाबाट त्यसै त्यसै आँसु झार्नुपर्ला

प्रीतको बन्धन साह्रै गाह्रो हुन्छ
विछोडमा परे सबको मन रुन्छ
विरहको भावमा मलिन हुन्छ
सपनाहरू खरानी भई जल्दछ

चोट खाई एकलै बस्दा
छटपटीएर रुनुपर्ला
जीवनको भुल सम्झी
पश्चताप गर्नुपर्ला

नआऊ त्यो सपना बोकी
म सकदिन सजाउन
छ अधुरो जीवन मेरो
कसरी सकछु तिमीलाई हसाउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *