Skip to content

दासताको विउ टिकदैन धेरै दिन…..

दासताको विउ कसले पो रोप्यो हाम्रो समाजमा ?
बाध्याता भित्र बाचनु पर्ने सदैव अपमानमा
मान्छेको जात मान्छे नै हुन्छ भन्ने नि विर्सन्छ
अपमानको रेखा स्वार्थको निम्ति कोरिनै रहन्छ

ज्ञानले भन्छन मानवता खोज छैन है दासता
जीवनको सार न हरनु कोही पारेर विवशता
मानवको धर्म शिक्षाको आर्जन पहिलो समपति
एकले पनि विर्से शिक्षाले हुनेछ दुर्गती

मानवको तेस्रो आँखा भन्छ शिक्षाको त्यो ज्योत
धर्म विना जीवन पनि हरन्छ है खोट
पाएको जीवन जीउनलाई हो कलाले जिउनु
दास बनाई रगतको प्यासी कहिलै नहुनु

दासको जन्जिर ह्दयबाट सवले हटाउ
मानवता निम्ति मानववीय दिप बाल्नलाई सिकाउ
अर्थको बलमा शक्तिको डरमा दासतमा नखुम्चाउ
मानवाता भाव जिवित राखी समाज चलाउ

यहि नै सत्य भनिन्छ ज्ञानले नदेखाउ घमण्ड
हरेक कार्य परिक्षण गर्न अडिक छ ब्रहमाण्ड
सत्यमय ज्ञान बाडन सवले बन कर्मले पुजारी
दास्ताको किल्ला उखाली हेर मनमा विचारी

दासीको रोदन पुछि हेर त्यो तिम्रो हातले
कर्मले ठुलो देखाई छाडछ छेक्दैन जातले
मिहनेती अंश पाउछौ जव थामने छौ हात
सुर्यले पनि प्रणम गर्ने हुन तिनका जात

अज्ञानमय ब्यबस्था ज्ञानले तोडछ टिकदैन धेरै दिन
ज्ञानको बाटो मिचेर गए रुनु छ हरेक दिन
सन्देश मानी कर्म गरौं मानवता वचाउ
मानवको लोकमा ज्ञानको अर्थ सवैले बचाउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *