आँसु बनि बग्यो हाम्रो प्रेम कहानी
बैगुनीको श्रापले माया भयो खरानी
याद केवल रहयो अव मायाको निसानी
कसले बुझ र ? वेदनाले भरिएको प्रेम कहानी
हात माग्यो साथ माग्यो हासेरै सुम्पिदिए
आखा भित्र प्रेम खोजे ह्दय नै साटिदिए
ह्दयसगै जीवन मेरो उनलाई राखिदिए
जुनि जुनि तिमै्र हुन्छु भनि वाचा सवै गरि दिए
विना अर्थको सम्बन्ध बन्यो हाम्रो प्रेम कहानी
उजाड बनाई गयो मेरा हरेक शुभ विहानी
अधुरै रहयो एकलै वित्दैगयो निराश यो जिन्दगानी
फर्केन कहिलै सम्झेन्न कहिलै गरि गए वैमानी
कैयो रात त्यसै ढलेर वित्यो पखाईमै कुरेर
आखा भरि आसुँ बन्छ मुटु आफै चिरिएर
मनको ज्योत विलिन भयो मैनवती झै पगलिएर
सपना सवै धुलो बन्यो वाटोमुनि छरिएर
मृत्यु तिमी आउ अव समाएर लैजाउ
विछोडको जलन मलाई सहन नलगाउ
तिम्रै खाक दिई दुख मेरो विसाउ
आउ मृत्यु तिमी मेरो हात समाउ
