तिमी मेरो धडकन हौ प्रिय
तिमी विना मेरो जीवन अधुरै रहन्छ
तिमीलाई देख्न नपाउदा ह्दयमा
वेचैन त पैदा भईरहन्छ
तिमी नै मेरो अंगालेका हकदार पनि हौ
तिमी वाहेक यो अंगालो शुन्य रहन्छ
तर पनि सदैव यो अंगालेमा राख्न सक्दिन प्रिय
यो आत्माले मलाई भनिरहन्छ
मैले तिम्रो माया पाउनु पुर्व नै
कसैले हिडाएको थियो
तोते वोली सिकाउदा सिकाउदै
केही सपनाहरु सजाएका थियो
त्यहि सपनाहरु वेला वेलामा
सम्झना वनि आईरहन्छ
त्यहि आमाको सपना पुरा गर्न
यो आत्माले भनिरहन्छ
त्यो वालापनको अंगाले थियो
ममता र स्नेहको दिप थियो
सदैव प्रकाशमय बनेको सानो अाँगन थियो
त्यहिवाट एउटा लामो रेखा तानियो
म त्यहि रेखालाई पछयाउन चाहन्छु
समयको रेखाले पनि पछयाईरहन्छ
मैले हिडन माटो पनि
आमा हु भनेर बोलिरहन्छ
तिम्रो अंगालेको केही क्षणहरुले
यौवनतावाट संचित त्यो मनहरुले
मैले केही समय सम्म सपना सवै भुलेका थियो
वालापनमा गरिएको वाचा र लक्ष्य छोडेको थियो
तर आज अनायश आमाको सपनाहरु
ममतामय अंगालोबाट मलाई खोजिरहेको छ
किन वाटो विरायो भन्दै सवलाई सोधिरहेछ
आमाले सपना पुरा गर्ने बाटोहरु जोडिरहेछ
प्रिय आमाको सपना थियो
समान्ताको निम्ति वाटो बनाउनु
स्वतन्त्रत पनि हुदो रहेछ जीवनमा
बधुवा र मजदुरहरुलाई सम्झाउनु
नोकर र मजदुरको कोख पनि त्यतिकै बलबान हुन्छ
भोक र गरिवीबाट पनि असल सपुत जन्मन्छ
निरासताका वादलहरु हटाई दिनु
आमा केवल यहि सपना पुरा गरिदिनु
मेरो जीवनमा अपमान र तिरस्कार पाईरहे
पानी, आँगन पनि म देखी विभेदित भईरहे
म त्यति सहेर पनि तिमीमा सपना वुनिरहे
अछुत भनिएको हाम्रो कुललाई संरक्षित गरिरहे
तिमी त्यो कुलवाट दिपको ज्योती बनिरहनु
समाजिक कुलत ब्यबस्था विरुद्ध सदैव सचेत रहनु
परिश्रमको दुध पिलाएको छु तिमीलाई निरास नखाउनु
आमाको सानो सपना आफनै ठानी पुरा गर्नु
यहि सपना पुरा गर्न मैले तिमीलाई छोडन चाहदैछु
मेरो अंगोलाबाट तिमीलाई केही दिनका लागि टाढा राख्दैछु
तिमीले मेरो भावना बुझन सक्छौ होला भनि
प्रिय तिम्रो सामु सानो विन्ती राखेको छु नि
त्यसैले प्रिय म सदैव तिमीलाई अंगालोमा राख्न सक्दिन
तिमी पराई हौ पनि भनेकी होईन
तर केही दिनको लागि यो मन तिमीवाट वाहिरन्छ
आमाको सपना पुरा गर्न आत्माले भनिरन्छ
