Skip to content

मकर वियस

जो बिर्सन्छ बारबार

जो बिर्सन्छ बारबार उही सम्झन लगाउँछ
आउँछु भन्दै बारबार उही दोबाटोमा हराउँछ

फूललाई लत्याछ अनि माया गर्न सिकाउँछ
बनाउने सपना भत्काएर उही पागल गराउँछ

अनास्किछ जो यहाँ उही धाउदै छ मन्दिर
ढुंगाा भन्दै मन्दिरमा उही जोडजोड कराउँछ

मेरो मुटु भएर

थाहै थियो
तिमी माया गर्दिनौं
देखेर पनि
नदेखे झै गर्छौ
तर
के गर्ने
मेरो मन
तिम्रै कल्पनामा डुबिरहन्छ
र मेरो मुटु भएर
तिम्रो माया बगिरहन्छ
हरपल हरपल

मलाई दुःख्छ

मलाई दुःख्छ तिमीलाई चोट लाग्दा
चित्त मेरो दुःख्छ तिमीलाई खोट लाग्दा

किन दुखाउछन् तिम्रो मन यहाँ
किन अल्झाउछन् प्रगति यहाँ
विकास गर्छु भन्छन् भोट माग्दा….

बन्छ बनाउ धर्ति मेरो पनि
फल्छ यही सुन विउ रोपेपछि
लाज लाग्नु पर्छ नून माग्न लाग्दा…
१३ पुस २०७१, सुनसरी

हराउँदै आफैसँग

विहान उठ्दा छोरोले
मोटर मागेपछि
श्रीमती विरामी हुँदा
रकम र समय दिन नसकेपछि
लाग्छ मलाई हिजो आज
म आफैंदेखि
हराउँदै छु कता कता….
त्यसै पो मैले किन

प्रेम,म र ऊ

कहिले आफैसँग
नजिकिएर
झाँगिएर
आउछ प्रेम
र मलाई अंगालो हालिरहन्छ
कहिले ऊ
म देखि टाढा हुन्छ
र लाग्छ मेरो र उस्को
बीच केही सम्बन्ध नै छैन

प्रेमको के कुरा गर्नु
यद्यपि म ऊलाई
प्रेम विहीन भएको
देख्न सक्दिन
विश्वास लाग्दैन
र कता कता
मन भित्र आशा पालिरहन्छु

यद्यपि यो प्रेम खासमा
केही रहेन छ
जस्तो हावा
जस्तो पानी
प्रेम पनि त्यस्तै
रहेछ ….
जता पनि बग्न सक्ने
जस्मा पनि मिल्न सक्ने
जस्तो रुप पनि लिन सक्ने

यद्यपि कहिलेकाही
ऊ र म खुब प्रेमको
बहस गर्छौ
आदर्शका कुरा जस्ता
ती सब खासमा प्रेम
रहेनछन्
फेरी किन म प्रेम गरिरहेछु ….
जब्दी ६, हरिभवन, सर्लाही

मन्द मन्द टाउको दुखाई

आज फेरि
मन्द मन्द टाउको दुखाई
जस्तो पहिलो प्रेम हुदा
भएथ्यो
तर आज प्रेम नहुदा
पनि उस्तै मन्द मन्द
भइरहेछ टाउको दुखाई
उफ् किमार्थ
किन दुख्छ टाउको ?
किन बल्कबल्क गरिरहन्छ ?

पहिला पहिला लाग्थ्यो जूनको माया,

मुक्तक
मकर वियस
पहिला पहिला लाग्थ्यो जूनको माया,
सदावहार लागिरह्यो खुनको माया,
मनसँग मनको नाता गासिएछ सायद,
हिजोआज लाग्न थाल्यो उनको माया,
सर्लाही, हालःहेटौंडा
www.makaronline.blogspot.com

DSC00282

बाबा सुसु आयो

बाबा सुसु आयो
मकर वियस

ऊ फिस्स हाँस्यो
र म पनि हाँसे
ऊ नजिक आयो
मैले गालामा म्वाई खाए
उस्ले मेरो हात समायो
र उस्तै गरी म्वाई खायो

आँहा कति मिठो प्रेम
म सोच्न नभ्याउदै
उस्ले मेरो कपाल
कस्सेर समायो
बुर्लुक्क उफ्रयो
र काधमा चढ्यो
अनि भन्न थाल्यो
म अग्लो भए
बाबाभन्दा अग्लो भए …

ऊ फटाफट टेवुल
नजिक गयो
त्यहाँ कुर्छी राख्यो
रमाउदैं चढ्यो
अनि छिटोछिटो
किताबहरु झिकेर
भुईभरी फाल्यो
मैले नफाल्न भने
उसले अझ बढी फाल्यो
धन्य, मैले भोली फाल्नु भने
ऊ रोकियो
र कट्टुमै सुसु ग¥यो
मैले कट्टुमा सुसु गर्नु हुन्न भने
उस्ले हुन्छ भन्यो
मैले उस्लाई म्वाई खाए

उसले फेरि आज बत्ती जलाएर गयो

उसले फेरि आज बत्ती जलाएर गयो,
थाकेको बेला फेरि आज गलाएर गयो ।

बिर्सदैथे ती खतहरू पुराना चोटका,
आयो कोट्यायो अनि चलाएर गयो ।

बल्लतल्ल विश्वासले उभ्याएथे आफैलाई,
आयो घात गर्यो अनि ढलाएर गयो ।

पालुवामै किन

गजल
पालुवामै किन झ¥यो पात हाम्रो
आखिर किन टुट्यो साथ हाम्रो ।।

देवीदेवता भाकेकै थियौं हामीले
फापेन किन पिरतीको रात हाम्रो ।।

पिएका थिएनौं हामीले कहिल्यै
तर किन स्वीकारिएन मात हाम्रोे ।।

मन मिल्यो तन मिल्यो गल्ती के भो
आखिर तिमीले किन ग¥यौं घात हाम्रो ।।

सपनीमा आइरयौं मनमा छाइरयौं
यद्यपि यो जुनीमा नमिल्ने भो हात हाम्रो ।।
मकर वियस, हेटौंडा
www.makaronline.blogspot.com

DSC00282

घर छेऊमा दशैं

तारा मण्डल छानो
उफ् फेरी आयो दशैं ।
भित्ताका झिगटीहरुले
दशैं हेरिरहदा
म भने खाली पेट
मस्त निन्द्रामा थिए
बानी परेकोले ।
दशैं मलाई जिस्क्याउँछ
र भन्छ म आएँ
फेरी आएँ
मेरो फाटेको भाग्य जस्तो
मंैलो पाईजामा
जडेउरीमा पाएको
थाङ्नाहरु
र छातीमाथि घोचिरहने
दारे साहुँको ऋण
हरेक दशैंसँगसँगै
मेरो घर छेऊ

आउँछन् र मेरो मस्त निन्द्रा
भङ्ग गर्छन् ।।।
जब्दी ६, हरिभवन, सर्लाही
हालः विराटनगर
असोज २२, २०७०