आज फेरि
मन्द मन्द टाउको दुखाई
जस्तो पहिलो प्रेम हुदा
भएथ्यो
तर आज प्रेम नहुदा
पनि उस्तै मन्द मन्द
भइरहेछ टाउको दुखाई
उफ् किमार्थ
किन दुख्छ टाउको ?
किन बल्कबल्क गरिरहन्छ ?
कन्चेटितिर ….
कहिलेकाही त अँध्यारोमा पनि
उज्यालो हुन्छ
अनि मैले कति पटक
त्यस्तै उज्याला बाटाहरू
देखेको छु
यद्यपि मन थामिनसक्नु
सोचिरहन्छ
र बगिरहेछ
अनगिन्ती तर्कका तारहरू
किन त्यो भएन
किन यो भयो
सायद
भाग्यमा थिएन
सायद
न्याय हराएको छ
यी र यस्तै कुराहरूले
रन्थनिएर म
कवि भएको छु
वा मन्द मन्द टाउको
दुखाई भुल्ने बहानामा
कवि भएको महशुस गर्दैछु
र फेरि दुखाइरहेछु
आफ्नै भारी टाउको
मन्द मन्द ……
जब्दी ६, हरिभवन, सर्लाही
हालः विराटनगर
११ फ्रेबु्रअरी २०१४
www.makaronline.blogspot.com
