Skip to content
MakarBiyas


जन्मिदै सँगै लिएर
आए जस्तो ।।

साथ छोडदैन यो
नाम बदलेर होस्
वा भेष बदलेर
जसरी हुन्छ
ऊ सदियौंदेखि
मेरो साथ छ ।।

मलाई दुखाइरहन्छ
सायद उसलाई
यसमै खुब मज्जा छ
त्यसैले होला
ऊ मोटाउदै गा’छ
र म दुब्लाउदै गा’छु
त्यसो त मेरो आमालाई
चिन्ता छ नि म दुब्लाएकोमा
तर कस्ले बुझिदिने ?
प्राय सबै जसो जन्मदैं
आफूसँगै एउटा त्यस्तै
ठिक मेरो जस्तै
घाउँ लिएर जन्मिरहेछन् ।।

म चुनौंती दिन्छु
नजन्मेका बहादुरहरूलाई
सक्छौं भने घाउ नलिएर जन्म
जन्मिसकेकाहरू पनि
सधैं घाउ बोकेर नबस
हैन भने डाक्टरहरूले
यो या त्यो नाउँमा
औषधी गरिरहन्छन्
जिन्दगी भरी
र तिमी त्यसलाई
जानेरै पालिरहने छौं
जस्तो कि जन्मजात
आएको उपहार सम्झेर ।।

जब्दी ६, हरिभवन, सर्लाही
हालः विराटनगर
पुस ३०, २०७०

Leave a Reply

Your email address will not be published. Required fields are marked *