सिर्फ आसु छ
पुछ्ने कोही छैन
भोक छ
शोक छ
गहिरो हृदयमा
त्यसैले
सडक पेटी नजिक
रोइरहेछ जिन्दगी
सम्झँदै ती दिनहरू
सम्झँदै उस्को हाँसो
उस्को स्वर्ग
देख्नेहरू
पागल भन्छन्
फोहोरी पनि भन्छन्
रातभर पीडा छ
जाडो छ
चिसो छ
तर छैन कपडा
जड्यौरी जस्तो
पुरानो धोती छ
चिसो छोप्ने
अरु कुनै उपाय छैन
न छन् कोही
यहाँ दया देखाउने
छन् त तिनीहरू
रगत पिउछन् मेरो
काँचो रगत रातभर
भीड लागेको छ
दर्शकको
पागल्नीले बच्चा जन्माई
यस्तै चर्चा छ शहरभरी
नव शिशुको जन्म
भएको छ भर्खर
अर्को पीडा थपियो
साइली पागल्नीलाई
सडक पेटीमा
रोइरहेछ नयाँ जिन्दगी
एउटा नयाँ जिन्दगी ।।
१३ पुस २०७१, सुनसरी
www.makaronline.blogspot.com

please comment this
Please comment this poem