तिमी भन्थ्यो नि
तिमी त ऊँट जस्तो
तर म ऊँट हुन सकिन
जिन्दगी जिउनेक्रममा
उही असफलता
हेर त यो ऊँटलाई
ऊ कति सफल छ
मरुभूमिदेखि
हरियाली समथर भूमिमा
ऊ पुगेर भनिरहेछ
म ऊँट हुँ
तर म ऊँट जस्तो
ऊँट पनि हुन सकिन
तिमीले नै भने जस्तो
त्यो ऊँट बन्न सकिन
त्यसैले म तिमीदेखि टाढा हुदैछु
धेरै टाढा
मात्र ती सम्झनाहरूमा
म तिमीलाई सजाउन सक्छु
यो ऊँट जस्तो
सदाबाहार बन्न सकिन म
हो साथी म
ऊँट हुन सकिन ।
