लेखू त म
के लेखू ?
नियतिले शून्य
बनाएपछि…..
त्यो पल सम्झिदा
एउटा कथा
जस्तो लाग्छ
एका देशमा
कता कता सुने जस्तो ।
जति बेला
म त्यो फूलमा
सम्पूर्ण जीवन देख्थे
हिजोआज
समय उल्टिएको छ
किन किन
म हजार प्रयास
गर्दा पनि
त्यही फूलमा जीवन
देख्न सक्दिन…
मेरो चन्द्रमा रातमा
उदाउदैन
विहान अस्ताउदैन
लाग्छ, गतिशून्य
भएको छ प्रगति
भावशून्य भएको छ
विचारहरू….
त्यसैले होला
फूल देख्दा खुशीका
बहारहरू आउदैन हिजोआज
त्यतिबेला जस्तो
फूल भेट्ने
त्यति साह्रो जाग्दैन इच्छा
थाहा छैन
कहिलेकाही ब्यग्र प्रतिक्षापछि
जब म दर्शन गर्छु फूल
त्यसैबेला
ठिक त्यस्तै
खुशीका फोकाहरू
फुट्न खोज्छन् मनहरूमा
तर नियतिरहेन त्यस्तो समय
सायद त्यसैले होला
हिजोआज आँखाबाट
आँसुहरू बग्दैनन्
र अश्रू ग्रन्थी भरिएर
आँखा भारी हुन्छ
टाउको भारी हुन्छ
र मन्द मन्द दुखिरन्छ
लाग्छ, तिमी कविता
सुनाउने कोही छैन मेरो
शब्दहिन समयको पीडा
त्यसैले म खोतली
रहेछु तिमीलाई
निरन्तर निरन्तर…. ।
जब्दी ६, सर्लाही, हालः विराटनगर
२०७१ बैशाख २३ गते
www.makaronline.blogspot.com
