Skip to content

जो बिर्सन्छ बारबार


जो बिर्सन्छ बारबार उही सम्झन लगाउँछ
आउँछु भन्दै बारबार उही दोबाटोमा हराउँछ

फूललाई लत्याछ अनि माया गर्न सिकाउँछ
बनाउने सपना भत्काएर उही पागल गराउँछ

अनास्किछ जो यहाँ उही धाउदै छ मन्दिर
ढुंगाा भन्दै मन्दिरमा उही जोडजोड कराउँछ

साधुसन्त बनेर बारबार प्रेम गीत गाउँछ
एक्लै जीउछु भन्दै बारबार सपनीमा बरबराउँछ

समस्यामा छ जो आफैं समाधान सिकाउँछ
मुस्किल त छदै थियो झन मुस्किल बढाउँछ

बाटो भूलेर हराएछ जो उही बाटो देखाउँछ
रुदै थियो जो यहाँ बारबार उही मलाई मनाउँछ

नदीमा हुत्याएर जो आज मुहानतिर खोज्दै छ
आउँछ अनि उही पुन्य र पाप सबलाई पढाउँछ

मकर वियस
www.makaronline.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *