Skip to content

सुरेश गौतम

ढल्छ अँध्यारो

ढल्छ अँध्यारो सानै दियो बालेपछि
टोक्छ त विशालु सर्पलाई पालेपछि

बिदा भएँ भन्थ्यो माइलो, पोल्दा रापतापले
फर्किन खोज्दै छ मसानहरू जागेपछि
ढल्छ अँध्यारो सानै दियो बालेपछि
टोक्छ त विशालु सर्पलाई पालेपछि

जिन्दगीमा सम्पतिभन्दा मलामी धेरै होस

जिन्दगीमा सम्पतिभन्दा मलामी धेरै होस
जवानीको भन्दा मोल खरानीको धेरै होस

लाग्दैन मलाई यो जीवनको केही अर्थ छैन
कामनाले मात्र हुदैन, संसार उज्यालो होस

यो समय

यो समय कुलमान, भावुक हुने बेला होइन
नत सत्ताबाट कुलमानको बहिर्गमनमा
शोकका आँसु बगाउने
या
ठग र चोरहरुको साम्राज्यभित्र
कुलमान घुसाउन
भएभरको बल लगाउने समय हो।

कोरोनाको उपचार

कोरोनाको उपचार र परीक्षणमै झेल भो
जनता मारेरै पनि पैसा कमाउने खेलभो

तनाबै तनाव छ, घरमा खाने सामल छैन
निषेधाज्ञा बालुवा पेलेर निकालीने तेलभो
कोरोनाको उपचार र परीक्षणमै झेल भो
जनता मारेरै पनि पैसा कमाउने खेलभो

विवश ममता


टन्न स्तनपान गराएर
न्यानो कपडाले बेरेर
रुन्दै तिमीहरुले भेट्ने गरी
बाकसमा सुरक्षित राखिदिएको
ममता नजागेर होला?
ए मान्छेहरू हो!
बिचरीको विवशतालाई पनि बुझिदेऊ

राजनीति त नालीमा किरा चले जस्तै

राजनीति त नालीमा किरा चले जस्तै लाग्छ
सुनतलाका बोटमा धतुरो फले जस्तै लाग्छ

कुखुराको भाउमा पनि नेता बेचिएको देख्दा
भोट माग्नआउने खुट्टाहरू काटौं जस्तै लाग्छ
राजनीति त नालीमा किरा चले जस्तै लाग्छ
सुनतलाका बोटमा धतुरो फले जस्तै लाग्छ

फरक मत

मिति गुज्रिएको औषधि
जुन खाए पनि
छिटो छिटो
मात्र पल्किन्छ काल
रोग हुन्न निको।
हरिया देखिने पातहरु
उहिलै झरिसके
हरियाली त कृतिम हो,
त्यसैमा पनि
कति लठ्ठै परिसके।

म त भन्छु,
भ्रममा नपर्नुस
आफैं केही गर्नुस
नदीमा फसेका हामीलाई
उद्दार गर्न
दुबै किनारामा
तरबार लिएर
कसाही बसेका छ्न।
मौसमी राष्ट्रवादको छाता भित्र
कुशासन र भ्रष्ट आचारले
बदनाम साँडेहरु
मैमत्त भएर
बुर्कुसी मारिरहेका छ्न।
जुका र लाम्खुट्टेले जस्तै
हामीलाई चुसिरहेका छ्न।
अर्को किनारामा,
दलालहरुको झुण्ड
सर्बाङ्ग नाँङ्गै
सबै गौरव गाथाहरुलाई
टुकुचामा बगाएर
जीवनको भिक माग्दै
सत्ता भोगको

लौ त माका फुँईँ !

लौ त माका फुँई हो,
थाल अब चाकरी बजार्न !
राष्ट्रवादको नारा माथि लाठी बजार्न
अब भारतीय विस्तारवाद- मुर्दावाद नभन,
भारतीय निष्ठावाद- जिन्दावाद भन।
अमेरिकी साम्राज्यवाद – मुर्दावाद नभन
अमेरिकी रामराज्यवाद – जिन्दावाद भन।

अन्तिम आग्रह

केही फरक सोचेनौ र गरेनौ भने तिमी पनि
उस्तै हुने छौ ।
अरुहरू जस्तै, धेरै सोचेर केही नगर्ने जस्तै
केही नसोचेर केही नगर्ने जस्तै
धेरै प्रतिबद्धताहरू छन् आज उधारो
धेरै धेरैका, तिम्रा जस्तै

मरेका ती भुतहरू

मरेका ती भुतहरू जराक जुरुक उठे
राम्रा दिन आए भन्थे तल्ला घरे जुठे

गाउँ छाडी भागेका थे, उनै मुखियाले
रिस फेर्न आज फेरि कुट्नुसम्म कुटे
मरेका ती भुतहरू जराक जुरुक उठे
हाम्रा दिन आए भन्थे तल्ला घरे जुठे

SureshGautam

युद्ध खेती

कुरा शान्तिको
खेती युद्धको
कमाई डलरमा
क्या धन्दा छ तिम्रो !

आफ्नै घरमा आगो लगाई
लडे नि हाम्रा आफनै भन्दै
शान्तिको गीत गाउने
गोही आँसु देखाएर
मागी मागी दुनियासँग
डलरको ओछ्यान लाउने