Skip to content

ढल्छ अँध्यारो


ढल्छ अँध्यारो सानै दियो बालेपछि
टोक्छ त विशालु सर्पलाई पालेपछि

बिदा भएँ भन्थ्यो माइलो, पोल्दा रापतापले
फर्किन खोज्दै छ मसानहरू जागेपछि
ढल्छ अँध्यारो सानै दियो बालेपछि
टोक्छ त विशालु सर्पलाई पालेपछि

लुट र अत्याचारले बदनाम कालो शासन
फेरि फर्की आयो बाद्शाहलाई ढालेपछि
ढल्छ अँध्यारो सानै दियो बालेपछि
टोक्छ त विशालु सर्पलाई पालेपछि

के फर्किनु र खै ? फेरि अँन्धकारतिर
कालोरात ढाल्न अर्को मसाल बालेपछि
ढल्छ अँध्यारो सानै दियो बालेपछि
टोक्छ त विशालु सर्पलाई पालेपछि

Leave a Reply

Your email address will not be published. Required fields are marked *