यो समय कुलमान, भावुक हुने बेला होइन
नत सत्ताबाट कुलमानको बहिर्गमनमा
शोकका आँसु बगाउने
या
ठग र चोरहरुको साम्राज्यभित्र
कुलमान घुसाउन
भएभरको बल लगाउने समय हो।
यो त छट्टु प्रसादको
सम्पूर्ण साम्राज्य ढलाउने बेला हो
सत्ताबाट लोकमानका सारा बिरासत
भत्काउने बेला हो
अदालतबाट
गोपाल पराजुलीहरुलाई न्यायलयको कुर्सीबाट थुतेर
कालकोठरिमा सडाउने बेला हो।
किस्ता किस्तामा होइन
भएभरका सबै कुँडाकर्कट जम्मा पारेर
आन्दोलनको तात्तातो भट्टीमा
एकै पटक डढाउने बेला हो।
