मरेका ती भुतहरू जराक जुरुक उठे
राम्रा दिन आए भन्थे तल्ला घरे जुठे
गाउँ छाडी भागेका थे, उनै मुखियाले
रिस फेर्न आज फेरि कुट्नुसम्म कुटे
मरेका ती भुतहरू जराक जुरुक उठे
हाम्रा दिन आए भन्थे तल्ला घरे जुठे
पोलिएका हिसाब किताब तिराउन
थन्क्याएका पुर्जा खोजी खोजी लुटे
मरेका ती भुतप्रेत जराक जुरुक उठे
राम्रा दिन आए भन्थे तल्ला घरे जुठे
शोषक भन्दै जस्ले खेदे मुखियालाई
आज मिटिङ गर्ने भन्दै भट्टी भित्र जुटे
मरेका ती भुतहरू जराक जुरुक उठे
राम्रा दिन आए भन्थे तल्ला घरे जुठे
