श्रीबाबु कार्की
कागभन्दा कोइली चलाख
काग आफूलाई निकै चतुर र बुद्धिवान् पक्षी हुँ भन्ने घमण्ड गर्दथ्यो । आफूलाई मानिसले समेत पूजाआजा गरेकोमा ठूलै दम्भ कागको थियो ।
एउटै रूखमा गुँड लगाई बसेको कोइली चरालाई भने आफूले मीठो स्वरमा गाउन सके पनि कुनै दम्भ थिएन । कोइलीले सधैँ वसन्तयाममा मीठो स्वरले गाउनुपर्ने प्राकृतिक नियम थियो । वासन्ती पालुवामा लुकेर कोइली सधैँ कुहु-कुहु गर्दै कराउँदथ्यो ।
