फुर्र-फुर्र उड्दै आए
पुतलीका हुल
बगैँचामा फुलेका छन्
सप्तरङ्गी फूल !
कैले बस्छन् फूलमाथि
कैले बन्छन् ताँती,
हामी पनि पुतलीझैँ
खेलौँ मिली साथी ।
कति शान्त कति असल
पुतलीका हुल,
बगैँचामा मिली चुस्छन्
रङ्गीचङ्गी फूल !
छुन हुन्न पुतलीलाई
छोए पाप लाग्छ,
जति नजिक हुन खोज्यो
त्यति टाढा भाग्छ ।
