शिवराज कलौनी
मेरो प्रश्न ??? म कसरी कर्णधार बन्ने ???
मेरो प्रश्न ????म कसरी कर्णधार बन्ने ????
म बालक !!
कोमल अङ्गहरु, अनि कोमल शरीर
अपरिपक्व अचेतन मस्तिष्क !!!
म ठूलो मान्छे बन्न त चाहन्छु तर,
नगर्ने मन भयेर पनि कुनै काम गर्न जब कर लाग्छ,
विद्यालय होस वा घरपरिवार साह्रै नै डर लाग्छ ।
म अबोध!!!
कमजोर मुटु अनि मन को कमजोरी भएको
पिटाइ गर्ने कुरो भन्नुहुन्छ स्कुलमा सरले
पिटाइ गर्ने कुरो भन्नुहुन्छघरमा आमाबुबा ,अनि ठुलाले
नसुन्ने मन भयेर पनि कुनै कुरो सुन्न जब कर लाग्छ,
विद्यालय होस वा घरपरिवार साह्रै नै डर लाग्छ ।
म चोरी गर्न चाहन्न
तर पेट भरेर खान छैन
खेलौना भयेका साथीहरू देख्छु
राम्रो राम्रो लुगाफाटो लगाएको देख्छु
दाह्री महिमा
हे दाह्री !!
नकाटेमा साह्री !!
तिमी धन्य छौ दाह्री !!!
तिम्रो त विशेषता नै गजबको छ ।
कसैको फुस्रो दाह्री, कसैको चिल्लो दाह्री !!
कसैको नियास्रो दाह्री, कसैको हशिलो दाह्री कसैको कालो दाह्री, कसैको रातो दाह्री
कसैको घुमृएको दाह्री, कसैको सुम्लिएको दाह्री
तिमी धन्य छौ दाह्री !!!
तिम्रो त विशेषता नै गजबको छ ।
- « Previous
- 1
- 2
