मेरो देशमा !
कुखुराको सुली, छोरीको फुली र बर्दीको फुली बेचिन्छ यहाँ
केटाकेटी, अबलाको कुरा छोडौ हजुर ! घरकै मुली बेचिन्छ यहाँ
गाईहरुको चक्काजाम छ यहाँ, रोडमा बच्चाहरू किचिन्छ यहाँ
मेरो देशको नबोल्ने सीमाहरू दिनदहाडै मिचिन्छ यहाँ !
पुर्खाको देन दब्दै गर्दा कहिल्यै नभएको इतिहास पनि क्षणभरमा रचिन्छ यहाँ
किन्ने ग्राहक अहिलेसम्म नपाएर पो हजुर ! विश्वकै सान हिमचुली पनि बेचिन्छ यहाँ
गाईहरुको चक्काजाम छ यहाँ, रोडमा बच्चाहरू किचिन्छ यहाँ
मेरो देशको नबोल्ने सीमाहरू दिनदहाडै मिचिन्छ यहाँ !
गरिबको छोरीहरू कौडिसरि शिर्षक खोजेर बेचिन्छ यहाँ
सम्भ्रान्त को छोरीहरू महलमा, क्याफेमा र गाडीहरुमा देखिन्छ यहाँ
गाईहरुको चक्काजाम छ यहाँ, रोडमा बच्चाहरू किचिन्छ यहाँ
मेरो देशको नबोल्ने सीमाहरू दिनदहाडै मिचिन्छ यहाँ !