मेरो प्रश्न ????म कसरी कर्णधार बन्ने ????
म बालक !!
कोमल अङ्गहरु, अनि कोमल शरीर
अपरिपक्व अचेतन मस्तिष्क !!!
म ठूलो मान्छे बन्न त चाहन्छु तर,
नगर्ने मन भयेर पनि कुनै काम गर्न जब कर लाग्छ,
विद्यालय होस वा घरपरिवार साह्रै नै डर लाग्छ ।
म अबोध!!!
कमजोर मुटु अनि मन को कमजोरी भएको
पिटाइ गर्ने कुरो भन्नुहुन्छ स्कुलमा सरले
पिटाइ गर्ने कुरो भन्नुहुन्छघरमा आमाबुबा ,अनि ठुलाले
नसुन्ने मन भयेर पनि कुनै कुरो सुन्न जब कर लाग्छ,
विद्यालय होस वा घरपरिवार साह्रै नै डर लाग्छ ।
म चोरी गर्न चाहन्न
तर पेट भरेर खान छैन
खेलौना भयेका साथीहरू देख्छु
राम्रो राम्रो लुगाफाटो लगाएको देख्छु
बुवालाइ रक्सी , गुटखा खान पैसा भयेको देख्छु
मैले पैसा माग्दा हपारिनु मात्र होइन पिटाइ खान्छु
नगर्ने मन भयेर पनि कुनै काम गर्न जब कर लाग्छ,
विद्यालय होस वा घरपरिवार साह्रै नै डर लाग्छ ।
स्कुलमा सरले भूतको कथा सुनाउनु हुन्छ
घरमा बज्यै ले दन्त्यकथा का किस्सा सुनाउनु हुन्छ
बिजुली कसरी चम्किन्छ बज्यै ?? भन्दा
इन्द्र को तरवार हो ,बाहिर नजाउ भन्नुहुन्छ
भुकम्प पहलवानले जुँगा हल्लाएको हो भन्नुहुन्छ ।
नसुन्ने मन भयेर पनि कुनै कुरो सुन्न जब कर लाग्छ,
विद्यालय होस वा घरपरिवार साह्रै नै डर लाग्छ ।
म एक्सन फिलिम हेर्न चाहन्न!!
रगत बगेको अनि रोएको दृश्य हेरेर डर लाग्छ
तर बाबाले तेहि च्यानल खोल्नुहुन्छ
म हरर फिलिम ,काटमार का सिरियल हेर्न चाहन्न
म पुलिस देख्ने बित्तिकै डराउछु
म लामो जुँघा भयेको मान्छे देखेर डराउछु।
स्कुलमा जादा गेटमा गार्ड देखेर डराउछु
नदेखिनुपर्ने सोचेर त्यहि मान्छे देख्न जब कर लाग्छ,
विद्यालय होस वा घरपरिवार साह्रै नै डर लाग्छ ।
स्कुलमा लठ्ठीले अन्तको सिन्कोले पनि डर लाग्छ
खेतमा गोरु जोतेको लठ्ठी देखेर डर लाग्छ
जङक फुड नखानु भन्नुहुन्छ
तर हेल्थी फुड मात्र सधैं कहाँ पाउनु
पुरै कर्जाको घर ,बुबाको महा काम !!!
तास , जुवा अनि रक्सीबाट उजाडिएको
साहु आएर थर्काउछ डर लाग्छ !!
रातको अध्यारोमा लाइट जान्छ
कुन्टेबाघ आयो बताउने बज्यै नभेटे डर लाग्छ।
नगर्ने मन भयेर पनि कुनै काम गर्न जब कर लाग्छ,
विद्यालय होस वा घरपरिवार साह्रै नै डर लाग्छ ।
म माटो खान्छु!!
म कोइला, खरानी खान्छु
आटाले शरीरभरि धुलाम्मे भै खेल्छु
मलाई यस्तै खेल्नुमा आनन्द छ ।
बुबाले एक्लै बस भन्नुहुन्छ
उहालाइ मात्र साथी चाहियो ,
साथीहरू सङ्ग मलाई हिड्दा भने झपार्नुहुन्छ
अँध्यारो मुख लगाउनु हुन्छ , दात किड्काएर !!
कालो मुख !! तेर्साएर हेर्दा डर लाग्छ
नगर्ने मन भयेर पनि कुनै काम गर्न जब कर लाग्छ,
विद्यालय होस वा घरपरिवार साह्रै नै डर लाग्छ ।
मेरो मन!! मेरा भावना !!
मेरो बिचार कसले बुझ्नु पर्ने??
भविस्य को कर्णधार मात्र भन्ने !!
अनि त्यो कसरी बन्ने ??
मेरा साथीहरू सुपर डान्सर , आइडल सोमा देख्छु
टिभी, रेडियो , अनि भ्रमणबाट आयेको देख्छु
बजारमा रमाएको देख्छु !!!
मेरो आमाबुवा अनि सरहरुलाइ यो कुरा कसले भन्ने??
आफैंले भनेर पिटाइ खानु छैन
नभन्ने मन भयेर पनि कुनै कुरो भन्न जब कर लाग्छ,
विद्यालय होस वा घरपरिवार साह्रै नै डर लाग्छ ।
दवाव मै राखेर जेठी दिदी पागल भइन
जेठो दाइ सुस्त छ , होस आउदै बिर्सिन्छ
म पनि हास्दाहास्दै रुने बन्छु कि डर लाग्छ !!
टिभीमा फ्रायड्को दर्सन ,मनोबैज्ञानिक पाठ आउँछ रे
मनोविद, शिक्षाविद हरुको प्रोग्राम आउँछ रे
मेरा आमाबाबु र सरहरुलाइ कस्ले भनिदेला ??
म ठूलो मान्छे बन्न चाहन्छु!! साच्चिकै !!!
नगर्ने मन भयेर पनि कुनै काम गर्न जब कर लाग्छ,
विद्यालय होस वा घरपरिवार साह्रै नै डर लाग्छ ।
बताउनुस !!!!!म कर्णधार कसरी बन्ने ??
