दिनभरि चिया पशलमा गफ सुनेर
प्रसँग मिलेको ठाउँमा आफूले कुरो थपेर
पैसाको जसो तसो धुलो उडाउदै
घरमा कामकाज को मतलबै नगरिकन
विद्यालयमा एक दिन पनि उपस्थित नहुने मान्छे
श्रीमतीसग ठट्टिदै झगडा को निहु खोज्दै
भन्छ – म अभिभावक हुँ !
एक सचेत अभिभावक !
तासको गड्डी फिट्न जोश निकालेर
रक्सीको दुर्गन्धले मुख गन्हाएर
जे पायो मुखले बोल्दै गर्ने
कुटाइबाट बच्न नसकेको सयौ मुद्दा खेपेर
बालबालिका को भविष्यको चिन्तै नबोकी
अहंकार को मदले साढे सरि हल्लिदै
श्रीमती,छोराछोरी रुवाउदै पाको भएको मान्छे
आमाबुबा सग ठट्टिदै झगडा को निहु खोज्दै
भन्छ – म अभिभावक हुँ !
एक सचेत अभिभावक !
राजनीति को कुरो नबुझेर नि फलाक्ने
गुटखा खायी अनुचित ठाउँमा प्याच्च थुक्दै
मपाइत्व को भाशण छाट्ने
छोरालाई बोर्डिङ अनि छोरीलाई
सामुदायिक स्कुल को गेटमा पुर्याउने
आफ्ना छोराछोरी को रतिभर ख्याल नगरी
बिग्रेका भए श्रीमतीको बुइ चढ्दै गर्ने मान्छे
श्रीमतीसग ठट्टिदै झगडा को निहु खोज्दै
भन्छ – म अभिभावक हुँ !
एक सचेत अभिभावक !
बिग्रे अरुलाई दोष दिने
सप्रे त्यसको श्रेय आफू लिने
पुर्खाको सम्पत्ती उडाउने
आफू तेसै बसिरहने
समाजसुधारक को मानार्थ पदवीका लागि तड्पिरहने
जसरी पानीबिना माछा तड्पिरहन्छ
आफू क्षितिजको बादल सरि गड्किने मान्छे
श्रीमतीसग ठट्टिदै झगडा को निहु खोज्दै
भन्छ – म अभिभावक हुँ !
एक सचेत अभिभावक !
बिहान अबेरसम्म सुतिरहने
राती अबेरसम्म घुमिरहने
बिस्तरमै चिया, अनि ब्रुश र कलगेट
साबुन अनि तौलिया ल्याइदिनु पर्ने
समयमै नास्ता अनि खाना दिनुपर्ने
साहुको ऋणले श्रीमतीको टाउको खानुपर्ने
महिनावारी हुदा कोरो भात पस्किन पनि आँखा गड्ने
बच्चा को फिश तिर्न गहना को दाउ लगाउने मान्छे
श्रीमतीसग ठट्टिदै झगडा को निहु खोज्दै
भन्छ – म अभिभावक हुँ !
एक सचेत अभिभावक !
गुरु,राजा, जिम्दार,मुखिया, बैदार
,मालिक, शाइ,हजुर, बादसाह
को मानपदवीभन्दा खुशी हुने
आमाबुवालाई वृद्धआश्रम को सपना देख्ने
विश्वपरिवेश को प्रविधिमा कुनै update नभई
चिठी समेत लेख्नपढ्न नजान्ने मान्छे
श्रीमतीसग ठट्टिदै झगडा को निहु खोज्दै
भन्छ – म अभिभावक हुँ !
एक सचेत अभिभावक !
शिवराज कलौनी
शिवनाथ गाउपालिका २ बैतडी
धन्य ! एक सचेत अभिभावक !
