Skip to content

मनोहरकुमार पोखरेल

नेपाल भारत साहित्य महोत्सवमा लघकुथा वाचन

  • by

भाषा साहित्यका माध्यमबाट नेपाल र भारतबीचको सम्बन्धलाई अँझ सुदृढ बनाउने उद्देश्यका साथ विराटनगरमा सुरु भएको नेपाल भारत साहित्य महोत्सवको पहिलो सत्रमा लघुकथा वाचन सम्पन्न भएको छ ।

Read More »नेपाल भारत साहित्य महोत्सवमा लघकुथा वाचन

मकै खाने भालु

  • by

मोरङ्नीले बेवारिसे महिलालाई सुरक्षित सुत्केरी गराउने र बच्चाको सालनाल काट्ने काम गरिन् । नयाँ तन्ना, सारी र म्याक्सी ल्याइन । सरसफाई गर्ने काममा कुनै कसर बाँकी छाडिनन् ।

Read More »मकै खाने भालु
bimatoprost

समाचार

जाने मानिसहरू मौन भएर जान्थे । फर्कदा हँसिलो अनुहारका साथ फर्किन्थे । कतिपय आँखाभरि आँसु लिएर उत्रिएको पनि भेट्थें । यसरी जाने र आउनेहरूको थरीथरीका अनुहारहरू म दैनिक पढ्थेँ । पेशागत काममा सरिक भई तिनै अनुहारलाई कागजमा उतार्दा–उतार्दै मर्माहत हुन्थेँ ।

Read More »समाचार
20201105_ManoharPokharel-NandaLalAcharya-KumarBablu

कलाकारिताको सेरोफेरोमा सप्तरी


नेपाली हिन्दू परम्परामा प्राय: मानव जीवनको प्रादुर्भाव संगीतबाट हुन्छ र अन्त्य पनि संगीतमै टुङ्गिन्छ । किनभने मानवको जीवन स्वयम् लयबद्ध छ र हुन्छ पनि । त्यसैले त सबै थोक व्यवस्थित हुन्छ । हामीले जीवनको स्वर्णिम विहानीदेखि अस्तको कालो सन्ध्यासम्म सङ्गीतलाई अस्तित्वको रूपमा स्विकार गरेका हुन्छौँ । मानव जीवनमा सङ्गीतले नछोएको अध्याय नै छैन । भन्न पनि भनिन्छ, मानव सङ्गीतमय वातावरणमै जन्मन्छ र सङ्गीतमय वातावरण हुँदै श्मसानघाटमा पुगेर विलिन हुन्छ । मृत मानिसलाई ‘राम नाम सत्य हो’ जप्दै श्मसानघाट लग्ने प्रथा यसकै ज्वलन्त उदाहरण हो ।

20160101_ManoharPokharel-01

‘मिथिलारत्न’बाट आचार्य सम्मानित

नेपालमा रहेर नेपाली भाषाको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने एक जना नेपाली साहित्यकारलाई भारतको मुम्बईमा ‘मिथिलारत्न’बाट सम्मान गरिएको छ ।

उदयपुर जिल्लाको तपेश्वरी–१ घर भई सप्तरीको राजविराजमा बसेर विगत लामो समयदेखि साहित्यिक क्षेत्रमा क्रियाशील नन्दलाल आचार्यलाई अन्तर्राष्ट्रिय मैथिली समाजको १२औं सम्मेलनमा ‘मिथिलारत्न’ सम्मानद्वारा सम्मानित गरिएको हो ।

राजविराजलाई‘भानुले एकताबद्ध गराए’

आदिकवि भानुभक्त आचार्यको २०२ औं जन्मजयन्तीको अवसरमा मंगलबार राजविराजमा साहित्य गोष्ठीका साथै उनको व्यक्तित्व र कृतित्वबारे चर्चा गरियो ।

सगरमाथा साहित्य परिषद् र विश्व नारी नेपाली साहित्य समाजले आयोजना गरेको कार्यक्रममा पूर्व नगर प्रमुख शैलेश चौधरीले नेपालीलाई एकताबद्ध गर्न भानुभक्तको ठूलो योगदान रहेको स्मरण गरे । राजनीति, खेलकुदलगायतका क्षेत्र समाजसेवाभन्दा पनि पेशा, व्यवसाय बन्दै गइरहेका बेला साहित्य समाजसेवाको सशक्त आधार बनेर उभिएको उनले बताए ।

20150220_NandaLalAcharya-News

राजविराजमा खुल्ला कविता प्रतियोगिता सम्पन्न

६५औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बिहीबार राजविराजमा आयोजित खुल्ला कविता प्रतियोगितामा इन्द्रबहादुर थापा प्रथम हुनुभएको छ ।

सगरमाथा साहित्य परिषद्ले राष्ट्रिय प्रजातन्त्र दिवस समारोह जिल्ला समिति सप्तरीको सहयोगमा जिल्ला विकास समितिको सभाकक्षमा आयोजना गरेको प्रतियोगितामा ३० जनालाई उछिन्दै थापा प्रथम हुनुभएको हो ।

सगरमाथा साहित्य परिषद्को हार्दिक आमन्त्रण

सगरमाथा साहित्य परिषद्को संयोजकत्वमा ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा ‘खुल्ला कविता प्रतियोगिता’ आयोजना हुने भएकोले ‘प्रजातन्त्र’को सेरोफेरोमा रही लेखिएका आ–आफ्ना मौलिक कविता (गजल, गीत, प्यारोडीसमेत) वाचनका लागि इच्छुक साहित्यानुरागी महानुभावहरूमा हार्दिक अनुरोध छ ।

मिति – २०७१ फाल्गुन ७ गते
समय – १ बजे ।
स्थान – जिल्ला विकास समितिको सभाकक्ष
पुरस्कार– प्रथमलाई नगद रु. १,५०० एवं प्रमाण पत्र
द्वितीयलाई नगद रु. १,००० एवं प्रमाण पत्र
तृतीयलाई नगद रु. ५०० एवं प्रमाण पत्र

राजविराजमा चार स्रस्टाको एकै साथ सम्झना

सगरमाथा साहित्य परिषद्ले राजविराजमा शनिबार साहित्य गोष्ठी गरी चार स्रस्टाको स्मृति दिवस मनाएको छ ।

पुस महिनामा जन्मनुभएका कवि शिरोमणि लेखनाथ पौड्याल, कविश्वर चन्दा झा, भूपी शेरचन र पुष्कर शम्शेरको जन्मजयन्तीको अवसरमा सगरमाथा साहित्य परिषद्ले साहित्यिक कार्यक्रमको आयोजना गरेर स्मृति सभा मनाएको हो ।