Skip to content

अमर निराकार राई

गणतन्त्र भनेको के ?

ओइ रामे
हमेर छोरीले
तिमेर छोराले
गाउने ‘जन गन मन’मा (*)
म मेरो हृदयको धुन सुन्छु ।
तर किन
देशले यसलाई रविन्द्र संगीत
भनेको,
हट्टाएर रामसिंहलाई ।

AmarNirakar

तिमीलाई बिर्सिनु कसरी

कति सजिलै भन्छौ है तिमीले
‘बिर्सिदेऊ’ ।

तिमी नै सोचिहेर न
बिर्सिनु कति गाह्रो हुन्छ सम्झिनेलाई ।

बरु मलाई तिमीले एक पटक
सम्झेर हजार पटक
बिर्सिदेऊ,
तर तिमीले नि सक्तैनौ बिर्सिएर बिर्सन ।