Skip to content


‘तिमी फूल भए, म हाँगा…’
भन्ने युग गयो ।
भावनाको आवेगमा डुबेर
सुन्दर अक्षरमा
प्रकाश कोविदको उपन्यासको
‘मोती दिएर आँशु बटुले
हार भएन जीत ।
हाँगाबाट झरेको फूलले
भूल्न सकेन प्रीत ।’
चिट्ठीमा लेख्ने चलन पनि गयो ।
भाव नभएको
सस्तो प्रेम गफ गर्ने जय बङ्गले युग आयो,
नून-चिनीबिनाको ब्ल्याक टी जस्तो ।

मोबाइल स्क्रिनमा विश्व बोकेर पनि
चोर दाउले प्रोनो साइडमा पसेर
परेला बटारिएको आँखा लिएर,
तरन नभएको हातले
प्रियतमालाई स्पर्ष गर्दै
अनि पकेटबाट प्यन्थर जिकेर
देखाउदै … अपूर्ण
‘I Lv U Baby’ भन्छ
उत्तर आधुनिक युगका मदन,
यस्तै पाराको प्रेम गर्ने युग आयो
समर्पण र भावनाबिनाको
वासना र तिरसनासँगको ।

आजको प्रेम गर्ने शैली देखेर
स्वर्गमा मुना पनि पश्चाउदै होली
मदनसित किन मेरो मिलन भएन
चोबारमा बिहेपूर्व
भन्दै ।

अमर निराकार राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *