Skip to content

जिन्दगी बल्गस्पोट.कम


जिन्दगी रहरले बाँचिदैन,
जिन्दगी डरले नि बाँचिदैन
बाँचिदैन जिन्दगी करले पनि ।
हिजो पनि होइन
भोलि पनि होइन
यो आज हो ।

आखिर कसरी बाँचिन्छ भनी प्रश्न
मलाई होइन, तिमीभित्रको मलाई गर्नु ।

म बाँच्दिन भोलिको निम्ति
म बाँच्दिन हिजोको निम्ति
हिजो भनेको
मेरी प्रियसी मेरै आँखा
अगाडि कसैको अङ्गालोमा
बाँधिएको क्षण हो ।

भोलि त कसैले नदेखेको
नजानेको अञ्जान
सहर हो ।

आज मेरो जीवन हो
म बाँची हरेको मिठो क्षण हो ।

जिन्दगी मिठो सपना जस्तो सजिलो हुँदैन,
जिन्दगी ऐठन जस्तो गाह्रो पनि हुँदैन,
अमेरिकन ग्रिनकार्ड
प्राप्त हुँदा रमाउनु जिन्दगी होइन ।

जिन्दगी कृष्णको सापित पुत्र साम्बको गर्वबाट जन्मेको
मुसल होइन
आफ्नो कुल नै नाश गर्ने ।

जिन्दगी त्यही हो जो मभित्रको मले चहान्छ
म चञ्चल धझा होइन अस्थिर मन होइन
म शान्त, स्थिर, कोमल अनि करुणामय
आत्मा हो,
जसले माधवले जिन्दगीको रथ चलाउँछ
जुन रथमा जीवन अर्जुन भई
युद्ध लडछ,
आफूभित्रको कौरवसँग
जिन्दगी जिन्दगी न हो
एकान्तमा आफ्नो स्वपस प्रस्वासलाई
सोधी हेर्नु जिन्दगीको अर्थ
त्यही स्वास प्रस्वासमा निहित छ
जोदेखि यो जीवन अनभिज्ञ छ ।

#अमर निराकार राई
दार्जिलिङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *