ओइ रामे
हमेर छोरीले
तिमेर छोराले
गाउने ‘जन गन मन’मा (*)
म मेरो हृदयको धुन सुन्छु ।
तर किन
देशले यसलाई रविन्द्र संगीत
भनेको,
हट्टाएर रामसिंहलाई ।
ओइ श्यामे गणतन्त्र भनेको
अफ द पिपल (Off the people)
फार द पिपल ( Far the people)
बाय द पिपल (Buy the people)
अरे ।
भरै तेरो ठुल्छोरीलाई
माने सोद है,
के रै छ त, त्यो के जाति भनेको ।
कतै
अङ्ग्रेजले वेलायती रक्सी सोडकाएर
गरेको पिसाप त होइन के ।
मेरी छोरीले त त्यसको माने
जान्दैन ।
गाउँको सरकारी प्राइमेरी स्कुलमा त
पढछ ।
त्यसले त
हेड माने टाउको
डग माने कुकुर मात्र भरखर सिक्दैछ
सायद ठुली भएर जान्दिछे होला त्यस्ले पनि
त्यो के जाति अरे
ए अँ गनातन्त्रको माने पो
सोध् है श्यामे तेरो ठुल्छोरीलाई ।
अमर निराकार राई
दार्जिलिङ, भारत
(*)भारतको राष्ट्रगान जसको संगीतकार रामसिंह ठाकुरी हुन, जो गोर्खाली हुन ।
