संकटमा : बुद्धि शरण
संकटमा : बुद्धि शरण
कानत सुन्न चाहन्छ, मीठो मधुर गीत मा,
नाकले सुंघ्न चाहन्छ, सुगन्धितै ज वासना ।
नेत्र मधुर मुस्कान, जीभ्रो स्वादिष्ठ भोजन ,
त्वचा कोमल स्पर्श नै, छुन यो खोज्छ कोमल ।
रसना नाक कानाखा ,त्वचा पंचहरू यिनै ,
मन मालिकका दास, विश्वासी सेवकै तिनै ।
बिचराे पंच ठूलो त्यो, गर्छ आदेश पालन ,
पंचको आर्जनै पूर्ण, खाई दिन्छ उसै किन ।
लुकी गर्दछ आदेश,गुप्त शासन गर्दछ ,
पुग्दछ बुद्धिकैसाथ , जब आपत पर्दछ ।
