Skip to content

पद्मराज काफ्ले

पूर्णस्य पूर्णमादाय, पूर्णमेव वशिस्यते’

जति छ त्यति नै जोड़, त्ययि नै योग हुन्छ,
जति छ त्यति नै फाल, त्यति नै बाँकी हुन्छ ।
खोज उत्तर मनमा, जान त्यो तत्व के हो ?
वेदको सार भनेको, तत्य ज्ञान यही हो ।

‘

विश्व योग दिवस


शिव पार्वती प्राचीन, नेपालको हिमालमा
धाम ताप्दै बसी दुबै,गोसाईँ कुण्ड तटमा ।

योगको भयो चर्चा, उत्सुक पार्वती पनि,
जति जीव त्यति सबै, योगका आसन भनि,
चौरासी लाख वर्णन, थाले भन्न सुनिन् पनि ।

पति साथ एकान्तमा, तनमन समर्पण ,
थालीन् सुन्न योगको , रहस्यमय वर्णन ।

काखैमा निदाइन् देवी , सकिनन् सुन्नत सबै ,
कुण्डको जलमा एक, मत्स्यले सुने छ सबै।

थालेछ गर्न अभ्यास , जीउले नमिले पनि,
कपाल तल पुच्छर . शिर्षासन अरू पनि ।

माछोले गरेको योग, देखी हर्षित शिव,

image

सौन्दर्यमा लठ्ठिएर


योग साधकको देखेर , भरभराउँदो मुख,
लजाई बादल भित्र , छोपे रवि आफ्नो मुख ।
सप्तरंगी इन्द्रेणी त, आँखा झिम्काई झिम्काई,
आकर्षित उनैतिर , बढे लजाई लजाई ।

नयाँ नेपालमा


अरुका छोरा फकाई, हातमा लौरो थमाई ,
किताब कलम फाली, तातो सडक दौडाई ।

बर्षाउँछन् इँटा ढुंगा, थकित पथिकलाई ,
हेर कठै ! रगताम्य, मरणासन्न बनाँई !

तिनै बालक बबुरा, जानुपर्छ अरब भोली ,
घरवासै धितो राखी , सर्वाँग रापमा पोली ।

ज्यानै गुमाउँ छन् ती, तातो बालुवाले पोली ,
पानीबिना जान्छ ज्यान , कठै नि ! फुट्दैन बोली ।

आफ्ना छोरा विदेश, पढ्नलाई पठाउँछन् ,
उच्चशिक्षा दिलाएर, उच्चैपद दिलाउँछन् ।

कैयौँ शहीद बनाई, पसे तिनै महलमा ,
यहाँ यस्तै छ बहिनी, हाम्रो नयाँ नेपालमा ।

प्रेक्षा वाटिका


जैन मन्दीर यौगिक , नेपालमा एउटा छ,
अविच्छिन्न बीस वर्ष, प्रेक्षा ध्यान प्रयोग छ ।

अभ्यास चौथो तलामा,प्रात: प्रति दिन हुन्छ ,
सोपानको द्रिष्य भने ,धेरै जसो यस्तो हुन्छ।

योग गर्ने ब्रिद्ध ब्रिद्धा,एकै सास माथि चढ्छन् ।
किशोर किशोरी हरे ! लामो श्वास त्यही फेर्छन् ?

उठी ब्रह्म मुहूर्तमा, प्रात:काल प्रतिदिन ,
अगिबाटै पुगि केन्द्र, बसैं ब्रह्मानन्द लिन ।

सबै साधक साधिका, योगारूढ एकाग्र छन् ।
मौन मुख मण्डलमा, प्रेक्षाध्यानी प्रज्ञानी छन् ।

चर्चतिर कठै उद्धार नपाई !

बालक श्याम झट्पट्नै ,छ चकचक गर्ने काम ,
ऊ खेलखेलमा गर्छ , काली नाग पराधाम ।

कृष्णको दिनमा गाई, चर्थे वनमा रमाई,
दिन्थे दूध जति खाई, खान्थे बालक रमाई ।

संकट पर्दा उद्धार, पर्वतै गर्यौ उठाईं,
घनघोर पानी पार्ने, लाज मर्नु इन्द्र्लाई ।

गाई कै नाम पुकारी, बने पुजारी सत्ताका ,
एक मुठी घाँस दिन्नन्, लालची मात्र भत्ताका ।

बाँबाँ गर्दै आँसु झार्दै, गुहार माग्दै डराई,
चर्चतिर लखेटिए , कठै उद्धार नपाई !

आऊ गोवर्धनधारी, अब मुरली बजाऊ,
बोलाऊ गाण्डिवधारी, धनुष टंकार गराऊ ।

आत्मदर्शन

आत्मदर्शन

ज्ञान-विज्ञान एकैहुन् , दुवैको योग भैकन।
एक अर्का विना बस्छन् , अन्ध पंगु ज भैकन ।

पुराण आप्त आशीष , उपदेश विद्वानका ।
यी यस्ता बन्दछन् स्रोत , भण्डार सव ज्ञानका ।

गुरु वचन ज्ञानै हो, पुस्तक ज्ञान वर्धक ।
अनुभव विना हुन्छन्, ज्ञान सवै निरर्थक ।

हुन् अनुभव पक्कै नै, ती मार्ग दर्शकै अनि ।
हुन्न कुशल कार्यै त, अनुभव विना पनि l

शास्त्रका वचनै हुन्छन् ,वाणी अमृत ज्ञान त ।
हो अनुभवको ज्ञान, सवै विज्ञान सम्मत ।

अर्धनारीश्वर


आउंछ प्रति वर्षै नै, तीजको रक्त वर्णित,
अर्धनारी महादेव, समस्त जन पूजित।

हाँसी खुसी सबै नाची , सदा रहू यसै गरी,
सौभाग्य शिरमा रातै, शिव की पार्वती सरी ।

हाम्रो संस्कृति यो राम्रो,गौरव मान्नु पर्दछ,
अपामार्ग गरी दन्त,बत्तीसै ज टलक्क छ ।

प्रफुल्लित मनैबाट, हास्य योग गरी सव,
हर्ष विभोर सौन्दर्य , झल्के झलक्क ती सव।

यसै गरी खुशी साथ, बस्ने सदा तिमी गर,
सृष्टिको कार्य गर्दा त, स्वेच्छाले योगमा गर ।

चार्जरबिनाको मोबाइल*

चार्जरबिनाको मोबाइल

थियो साथि छाया सरी, आठै प्रहर साथमा,
गर्थ्यो भनसुन सदा, खुसुक्क मेरै कानमा ।

जनै बिना हुन्न बोल्न, भन्ने नि ज्ञान रहेछ,
उसको जनै हरायो, मौन धारण गर्या छ !

सवैको मनका कुरा, सुनी भन्थ्यो सब खोली ,
आज सुत्याछ विचरो , आँखा चिम्लेर नबोली ।

दियो सन्देश मलाई, गर कुराकानी बन्द,
आज्ञा पालक भएर, छु बसेको कान बन्द ।

संविधानको विशेषता

संविधानको विशेषता

संविधानका त्रीदेवी, नेपालका शिखरमा,
लोकतन्त्र संरक्षिका ,संविधानकै देनमा ।

छैनकतै विश्वमा, तीन नारी एकसाथ ,
तीन अंगका प्रमुख, उदाहरण एकसाथ ।

संविधान नेपालको, अत्यन्त यो लचिलो छ,
विदेशीले पनि यहाँ, शहीद बन्न पाउँछ ।

नानी पानी भोग्न पनि , विश्वलाई अधिकार,
‘वसुधैव कुटुम्बकम्’, नागरिक अधिकार।

जल भूमि जडीबुटी, चाहे जति दिन हुन्छ,
आएजति परिवार, ज्वाइँका पाल्न हुन्छ ।

मुख्यमन्त्री त होइन, प्रधान नै दिन मिल्ने ,

भाषा

भाषा
घरबारी थिए माथि, शिखर उच्च शैलमा,
मकै कोदो र केराउ, लटरम्मै नि बारिमा ।

झुल्थे ती बारि डीलैमा, केराघरी झुकी तलै,
बोडी सिमी लटैरम्म, चिचिण्डा लहरा त्यतै ।

पशुको नबुझे भाषा, कोपभाजन गर्दछ,
भूमिको नबुझे भाषा, भूकम्पमा ज पर्दछ ।

इन्द्रको नबुझे भाषा, बाढीमा पनि पर्दछ,
ज्ञानिको नबुझे भाषा, अज्ञानि मानिस बन्दछ ।

गुरुको नबुझे भाषा, चेलो थला ज पर्दछ ,
हाकिमी नबुझे भाषा, अधिकार ज गुम्दछ।

भोटरको नबुझे भाषा, नेताको भोट गुम्दछ,

सगरमाथा चढौं कि !

                   

   सगरमाथा चढौँ कि !
जेष्ठ छमा जन्म दिन, हार्दिक शुभकामना,
गदगद छु पाई म,   पूर्ण छ मनकामना । 

क्रितज्ञ म अधिक छु , बन्धु बान्धव सबैको .
मलाई मित्र सम्झने , कल्याण होस सबैको ।

आहार बिहार निद्रा, प्राप्त छ बिना शुल्कमा 
योग ध्यानासन सदा, प्रात: घुम्छु यदाकदा ।

प्राणायाम योगनिद्रा, विविध आसन पनि,
भ्रामरी र ध्यान-मुद्रा , छुट्दैन कहिल्यै पनि । 

नीर-क्षीर  अलग्याई ,  सत्य असत्य बतांएँ
न्यायालयमा सचित्र, प्रत्यक्ष तथ्य देखांएँ  । 

विश्व प्रपन्च

विश्व प्रपन्च
राजा जनक जनकपुरका, विद्वान सर्व शास्त्रका,
युद्ध हारी राज्य गुमाई, देश निकाला भएका ।

भोक तिर्खाले ब्याकुल नरेश, देश बाहिर गएर ,
विदेशी भण्डारामा पुगे उनी, मागेर खाऊँ भनेर ।

लामो पंक्ति भिखारीका साथमा, बसेछन् पछाडी गई ,
बाँडदै जाँदा भोजन सकियो, उनको पालै नआई ।

भोकले व्याकुल अधिक उनी, खान्छु सिता जुठा भनि,
अरूले फालेको पातको जूठो, हातमा उठाए अनि ।

उनको हातैबाट खोसी लग्यो, कागले नै त्यही पनि,
हाहा गर्दै श्वर ठूलो निकाली , दौडे डाँको छोड्दै उनि।

दगुर्दा काग पछि पछि उनी, लडे शैय्याबाट जब.

सूर्य चन्द्र नाडि राखौँ सन्तुलित

सूर्य चन्द्र नाडि राखौँ सन्तुलित

जीवन नाक आधार, शरीरको छ प्राण नै!
दक्षिण बाम प्वालै हुन् , प्राणाधार सजीव नै।

श्वास प्रश्वास प्राणैका, प्रवेश निकास द्वार ।
नियमित सदा चल्ने, यिनै हुन् जीवनाधार ।

थुनियो बाम द्वारा नै, सिंगान पहिरो झरी,
आवागमन बन्दै भो, श्वास प्रश्वासको पनि ।

दक्षिण द्वार नाकैको, झुसेरौँ नि गुजुल्टियो,
विजातीय मिली तत्व, पुरै बन्द गरी दियो ।

नासिका बन्द दुबै छन् , नाडि शिथिल नै भए ।

थाले सलबलाउन, तर फर्केन पछाडि ।

प्राणायाम रहस्य

शरीर हाम्रो अन्नले बनेको, अन्नमय कोश वेदले भनेको,
बासस्थान हो प्राणको यही नै, प्राणमय कोश नाम रहेको ।

प्राणको पनि प्राण हो नि वायु, नासिकाबाट गर्नु पर्छ पान,
पान वैज्ञानिक तरिकाबाट, गर्ने विधि हो प्राणायाम जान ।