‘मझेरी’मा नै बिस्कुन, छरपष्ट पार्न सोचें।
भित्र पस्न द्वार बन्द, धकेली उघार्न खोजें।
सकिएन द्वार खोल्न, ताला बन्द साँचो छैन।
कसरी हो त्यो उघार्ने, कहां छ त्यो ज्ञान छैन ।
कसैले देखाई देला, यहाँ छ साँचो भनेर ?
अनुग्रीहित हुनेछु, म धन्यवाद दिएर ।
पद्मराज काफ्ले

ज्ञान-विज्ञान
ज्ञान-विज्ञान
ज्ञान-विज्ञान अभिन्न , योग प्रज्ञा हुन्छ पूर्ण,
एक अर्का विना दुवै , अन्ध पंगु झैं अपूर्ण ।
पुराण आप्त वचन, उपदेश विद्वानका ,
यी र यस्ता राय , भण्डार सवै ज्ञानका ।
गुरु वचन मनन, पुस्तक ज्ञान वर्धक,
अनुभव विना यिनी , हुन्छन् सवै निरर्थक ।
अनुभवजन्य ज्ञान , हुन्छ ठूलो विज्ञान,
गर्दैन कुशल कार्य, ज्ञान रहित विज्ञान ।
पुस्तक अंकित कुरा, ज्ञान हो भनेर जानौं,
अनुभवजन्य ज्ञान ,मात्र नै विज्ञान ठानौं ।
ज्ञान हो साधन मात्र, साध्य विज्ञान लक्ष हो,
साधन हेर्नु आफु नै, साध्य आत्म दर्शन हो ।
आगोले पोल्छ भन्ने कुरा, अनिश्चय ज्ञान मानौं ,
छोई अनुभव गर्नु , विज्ञान दर्शन जानौं ।
महको स्वाद गुलियो, नूनको हुन्छ नुनिलो,
अरूले भनेको कुरा , क्षेत्राधिकार ज्ञानको।
नुनिलो गुलियो आदि , कस्तो हुन्छ भन्ने ज्ञान,
चाखेर स्वाद जानिने ,अनुभव हो विज्ञान ।
पद्मराज काफ्ले
घट्ट्कुलो, काठमाडौं
Edited
Edited