Skip to content

पद्मराज काफ्ले

भकुण्डो र प्राण एकै रहेछ

म हेर्दै छु ऐले भकुण्डो घुमेको,
छ बाईस खुट्टा उसैमा ढुकेको।
भकुण्डो डराई यताबाट भाग्यो,
उता नै पुगेको डराई उ फर्क्यो।

भकुण्डो भकुन्ड्या उदै ती अगाडी,
दगुर्दै हिनेका उसैका पछाडी ।
दुई पोल बीचै पसी बस्छु भन्दै ,
गुडेको हवामा समातिन्छ ठ्याक्कै।

दुई पोलको बीच नाची रहन्छन्,
छ आत्मा यसैनै चलीनै रहन्छन्।
अपानै र प्राणै नचाई रहन्छन् ,
भकुण्डो र प्राणै समानै रहेछन् ।
भुजंगप्रयात छन्द

सुरक्षा : छाता

हुन्छ वर्षात वर्षामा विधान विंधिको छ यो।
हो सकिदैन रोक्नै यो पक्कै कुरा त सत्य हो।

सकिन्छ गर्न व्यवस्था छाताकोपनि सत्य छ,
पैरोको मुनि वर्षामा फेरी पनि त खस्दछ।

प्राकृतिक कुरा यस्ता को असत्य भने छ र ?
त्यस्ता बस्ति कतै सार्न सक्दिन भन्न मिल्छ र?

यम नियम

यम नियम
नराम्रो नठानौँ असत्यै नबोलौं,
सवै धर्म भन्छन् नि झूठो नबोलौँ।
नमीठो नखाने केही छैन भन्छौँ,
छ आँसू र माँसू नभै हुन्न खान्छौ ।

छ आँसू र मासू विषालू नछोऊँ,
हुनेछौँ बिरामी त पक्कै बुझेऊँ।
नमानी भनेको गरेको सँच्याऊँ,
बिचारै हटाई अहारा न खाऊँ ।

भुजंगप्रयात छन्द।
।ss !ss !ss !ss

गुनियों चोलो


गलामा माला रै छ मुसुमुसु मुस्कान मुखमा,
लुगा राता राम्रा भन त कति राम्री छु नि मता ।
छ चोलो बुट्टे नै भनत गुनियोँ कस्तो छ नि यो?
पिता बाबा ले नै कति कति कहाँ बाट किनियो ?

यही नै हो विज्ञान त


यही नै हो विज्ञान त

ज्ञान-विज्ञान हुन् जोडी , अभिन्न योग हुन् यिनी ,
एकअर्का विना यी त, अन्ध अपांग हुन् यिनी।

सुने जाने पढेका ती, पुराण आप्त ज्ञान हुन्,
यी र यस्ता सवै राय , उनै भण्डार ज्ञान हुन् ।

गुरु वचन ज्ञानैका , पुस्तक ज्ञान वर्धक,
अनुभव विना हुन्छन् , सवै ज्ञान निरर्थक ।

हुन्न कुशलता पूर्ण, ज्ञान विना कुनै पनि,
प्रयोगवाट जानेको, कुशल काम हुन्छ नी ।

साधन ज्ञान हो मात्र, साध्य विज्ञान लक्ष हो,
साधन हेर्नु स्वयं नै, साध्य दर्शन-आत्म हो ।

रुघा


गला भित्रै अड्के छ खस खस गर्ने अधिक नै,
रुघा भन्ने जातै ज सकस दिने भो अधिक नै।

सिटामोलै ल्याएँ नजिक पसलै बाट पनि मैं,
छ एलेग्रा अर्को नि किनिकन खाएँ जलसितै।

नबोलाई हाच्छ्यू पनि नजिकआई कनबसी,
म हूँ तिम्रो साख्खै भनिकन मुखैमा नजिकनी।

पकाई बेसार्दूध पनि गरियो सेवन कती,
सुताएला यस्ले कति दिन हुने हो असर नी।

यौगिक गन्थन

उदाए रवि आकाश उनको दर्शनै गरौ,
हेर्दै सूर्य नमस्कार समेत आसनै गरौ |
नभका सूर्यलाई नै, प्रणाम गर्नु पर्दछ,
प्रात: सूर्य नमस्कार सदानै गर्नु पर्दछ।

विश्व योग दिवस

हिमालैमा कुण्डै छ जल भरिएको त बनमा,
शिवालाई त्याहीँ शिव सरल मायालु धुनमा।

सिकाऊँदै छन् आसन पनि बसेरै मन दिई,
सुनेरै माछोले पनि सुरु गरेको मन दिई ।

किन यस्तो विचित्र

किन यस्तो विचित्र
कतै ढुंगा माटो भल सित मिलीबग्दछ नी,
कतै धाँजा फाटी थल जल बिना सुख्दछ पनि।
कतै लावा मुस्ला घर भरि भई बस्न न हुने ,
कतै आँधी आई घर सव उडी बस्न नहुने ।

खेलाडी

दक्षिण बाम पश्चिम्का खेलाडी खेल्दछन् जव,
रेफ्री नै बिक्दछन् हाम्रा बिधर्मी बन्दछन् तव ।

सानै मैदान हाम्रो यो बलिया उनका बल,
खेलाडी बलिया हुन्ता, उफ्रँदा खस्दछन् तल।

बिना बिहे आमा बन्न


आई सकी कली हेर डोर्याई बालकै कर,
भित्रै पसी सकी सोझै रहेको संसदै घर।

भन्छे मेरो बिहे हुन्न गर्दै गर्दिन भन्दछु
जन्माएँ एउटा हेर छोरै देखाई आज भन्दछु

नपरोस् गर्न आन्दोलन् बनोस् कानून आज नै,
बिना बिहे सवै पाउन् आमा बन्न म जस्त नै।

क्षाड्०गै बदनमा


सवै जन्मेका हुन् बदन सव नाड०गै ज थलमा,
सवै रोएकै हुन् उस बखत जन्मी जगतमा।
नपत्याए सोधौँ जगत भर आमा सित ता,
यसैले होला आज अधिक छ क्षाड्०गै बदन मा।
शिखरिणी छन्द २०७४।२।५

यस्तो लोकतन्त्रमा नेपालै रहने छर ?


छोरो गणेश जन्मेको ,शिव चालै न पाउने,
द्वार पाल बनेको छ ,बाबु भन्नै नपाउने।

विदेशबाट फर्केका , बर्षौँ पछि घरै पुगे,
द्वारपाल खडा देखे, संग्राम ऊ सितै गरे।

घम्सा घम्सी भयो त्यहीँ, शिरच्छेदन नै गरी,
क्रुद्ध हुँदै पसे भित्र, सोद्छन् त्यो वीर को भनी?

गणेश नाम उस्को हो, मेरै प्रथम पुत्र हो,
नारीको सृष्टि गर्ने नै , पहिलो अधिकार हो।

मात्रृसत्ता थियो त्यहाँ, नारीको अधिकार हो ,
बाबुले नचिन्ने केटो, छोरो मान्नै परेछ हो।

कलीमा पार्वतीभन्दा , कुनै क़ुरा कमी छत ?

शिव शंकर

नेपाली उच्च आकाश छुने शिखर को छ त ,
शिव शक्ति निवासै त त्यही राम्रो रहे छ त ।

शिव शंकर त्रिशूल डमरु करमा लिने,
गलामा नागको माला चन्द्रमा शिरमा लिने।

बिजुलीले दिने काम टुकीले दिन सक्छर ?

नभकी टल्किने चन्द्र साथै तारा समेत नै,
बादलुको पछ्यौरीमा, लुकायौ किन रूप नै ?

पूर्णेँकी जून आकाशै , लुक्यौ तिमी कतातिर?
हामी नै जून भन्दै छन्, जुनकिरी यतातिर।

थाप्छु दश करोड नि


भोटको मोलको भेटी चढाई पाउमा अनि,
प्रसाद प्रभुको पाएँ थाप्छु दश करोड नि !

आफ्नो काम त आफै नै गर्न आदेश गर्दंछु
हामी भन्ने र गर्ने त तिमी आफै ज भन्दछु ।

शीतल शशि सुन्दरी

पूर्ण यौवन सम्पन्न अत्यन्त रूप सुन्दरी ,
ताराका बीच झल्केकी शीतल शशि सुन्दरी।

प्रतीक शान्तिकी खानी विश्वकै शान्ति दायिनी,
बनौ त्यस्तै सवै हामी पूर्णेकी नभ वासिनी।

मन

मन चन्चल घेरै नै नभ थल धुमीकन,
क्षणमा आउँने गर्छ नयाँ सृष्टि गरीकन।

सवैको मनले गर्छ काम त अविराम नि,
नमाने तनले गर्न स्मृतिमा रहला पनि।

मनको दास बन्दै छ तन पनि सदै भरी।
बुद्धिले हुन्न भन्दै छ गर्छ तन मनै परी ।

बखान यसको लेख्न छैन कलम कागज,
घोट्नु यी कति औँला नै सक्दिन लेख्न भन्दछ ।

भमराको बिलौना

फूलका बाटिकामा ती तिर्खाई जब पुग्दछन्
भ्रमर नै उडाएर तिनका रस चुस्दछन् |
पीडिल भमराको त फिराद सुन्द को छ र ?
निर्धाहरू मरेको त कसले देख्दनै छ र ?