Skip to content

अष्ट प्राणायाम

सकेसम्म बढी तान्नु , बाहिरी वायु बेसरी ।
त्यसैगरी छिटो फाल्नु भस्त्रिका हुन्छ त्यसरी ।

बाह्य वायु सकेसम्म , नली निकाल भित्रको।
हुन्छ कपाल भाती नै , बन्छ अमृत देहको।

निकाली देहको वायु , भित्रै घुसार्नु पेट नै ।
मूल जालन्धरै बन्द प्राणायाम त बाह्य नै।

श्वास खिँचेर नाकैले , निकाल मसिनो धुन ,
सूर्य स्वर गरी बन्द , उज्जायी शशि खोलन।

क्रमश:भानु चन्द्रिका, लिने फाल्ने गरीकन।
हुन्छ लोम विलोमै नै , श्वास दीर्घ गरीकन।

पद्मासन लगाएर, भित्र बाहिर पेट् गर ।
सकेसम्म छिटो गर्दै , अग्निसार सदै गर ।

सकेसम्म बढी श्वास , खिँची रोकेर राम्ररी।
नाक कान मुखै थुनी, श्वर गर्नु त भ्रामरी ।

मन्त्र अ-उ-म को लामो, सुरिलो हुन्छ ओम् धुन।
उद्गीत बन्छ दीर्घै त्यो, श्वर ओम्कार को धुन ।

प्राणायाम यिनै आठ , गरीकन निरन्तर।
दीर्घ जीवन पाएर, शुखी रहुन् सवै नर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *