Skip to content

गोपाल खनाल

‘सम्झनाका लहरहरू’ लोकार्पण

  • by

युवा सर्जक गोपाल खनालको गजल कृति सम्झनाका लहरहरुको लोकार्पण शनिबार सम्पन्न भएको छ । पोखराको न्युरोडस्थित हिमालयन रिडर्स कर्नसको सभाहलमा भएको कृति विमोचन कार्यक्रममा प्रमुख अतिथि संस्कृतिकर्मी, कवि तीर्थ श्रेष्ठले कृतिको लोकार्पण गरेका हुन् ।

Read More »‘सम्झनाका लहरहरू’ लोकार्पण

ए ! जिन्दगी यो हार

  • by

ए ! जिन्दगी यो हार कतिञ्जेल चल्छ ?
खै घाटाको व्यापार कतिञ्जेल चल्छ ?

दुःख छ, पीडा छ, अभावले बेचैन मन
सोध्छौ आँखा असार कतिञ्जेल चल्छ ?

Read More »ए ! जिन्दगी यो हार

विश्वकर्मा पूजा

  • by

नेपाली समाजका पृथक रीतिथिति छन् । धर्मपर्व मान्ने मनाउने पद्धति अनौठा छन् । केही रीतिथिति भने बेथिति जस्ता लाग्छन् ।

विश्वकर्मा पूजाको दिन तामझाम छुट्टै छ बजारमा । उद्योगधन्दा कलकारखाना, वर्कसप ध्वजापताकाले सजाइएका छन् ।

Read More »विश्वकर्मा पूजा

किन जिन्दगी रहरभन्दा

  • by

किन जिन्दगी रहरभन्दा नि कर हुन्छ
भूत सताउँछ भविष्यको सधैं डर हुन्छ

बिग्रदैमा सबै कुराको महत्त्व घट्दैन
नाम बिगारेर लेखेसी नै हस्ताक्षर हुन्छ

Read More »किन जिन्दगी रहरभन्दा

समान अधिकार

  • by

धेरै वर्षपछि बाल सखा सुकुन्दको फोन आयो । वर्षौ सम्पर्क नभएको उसले कताबाट सम्झेछ कुन्नि उसको फोनले एकातिर म खुसी थिएँ भने अर्कोतिर अचम्भित पनि ।

Read More »समान अधिकार

चार मुक्तक (भाग्य रेखा केर्न मिले)

  • by

१)
भाग्य रेखा केर्न मिले केरिदिन्थेँ आफै
देशको सीमा अँगालोमा बेरिदिन्थेँ आफै
जबरजस्ती लादिएका नियम कयौँ सम्बन्ध नि
फेर्न मिले निर्धक्क सब फेरिदिन्थे आफै ।

Read More »चार मुक्तक (भाग्य रेखा केर्न मिले)

टिपिएन गुराँस

  • by

यसपालि वनमा त गुराँस फुल्यो
तर खै किन हो
मनमा गुराँस फुल्न सकेन
अचानकको हुरीले
बस्ती सखाप पारे जस्तै
मनमा हुरी चलेर
ढालेका छन् गुराँसका बोटहरू ।

Read More »टिपिएन गुराँस

वाह ! राष्ट्रियता

  • by

जनतामा आश मरेको बेला
नेतृत्वले घात गरेको बेला
स्वाधीनता बसाइँ सरेको बेला
राष्ट्रियता बन्धकमा परेको बेला
दुखेको छ प्रत्येक नेपाली मन ।

Read More »वाह ! राष्ट्रियता

अविस्मरणीय पश्चिम यात्रा

फरक परिवेशमा मनमा अनेक कुतूहलता लिएर यात्रा गर्दाको मज्जा बेग्लै हुन्छ । जीवन सोचे झै छैन र त सोचे जस्तै बनाउन प्रयासरत रहन्छ मान्छे ।

Read More »अविस्मरणीय पश्चिम यात्रा

समृद्धि सपना

  • by

जब समृद्धिको कुरा नारामा सीमित हुन्छ
जब न्याय र अधिकारका कुरा
संविधानका धारामा सीमित हुन्छ
तब बन्न सक्दैनन् रहरका सपनाहरू
विपना कहिल्यै ।।

Read More »समृद्धि सपना

सुन्दर नगरी पोखरा

  • by
GopalKhanal


सुन्दरको अर्थ राम्रो, आकर्षक, मनोरम, बेस वा उत्तम हुन्छ । नगरीले सानो सहरलाई सङ्केत गर्छ । सुन्दर, शान्त विशाल नेपालका थुप्रै सुन्दर परिवेशहरू मध्ये पोखरा पनि एक हो ।

Read More »सुन्दर नगरी पोखरा

तीन मुक्तक (एक दिन होइन देशमा)

१.
एक दिन होइन देशमा लाग्छ सधैं गाईजात्रा छ
शान्ति, न्याय तर्सी भाग्छ सधैं गाईजात्रा छ ।।
छिमेकीलाई पर्दा साथ सहयोग गरेकै हो
औंला दिदा हातै माग्छ सधैं गाईजात्रा छ ।।

आमा छउञ्जेल हो

आमा छउञ्जेल हो झुपडी नि संसार लाग्ने
जब गुमाइन्छ नि तब जिन्दगी भार लाग्ने

आशीर्वादसँगै धन्यवाद दिने कोही नभए’ सि
जे नै जितियोस् फिका जित पनि हार लाग्ने