भाइरल

  • by

शान्ता चञ्चल स्वभावकी थिई । नामजस्तो स्वभाव कमैको भेटिन्छ यहाँ । शान्ता हजुरबाको स्टकोट, टोपी लगाएर दाह्री बनाउँदै थिई ।

यति बेलै कमला हजुरआमा भित्र पस्नुभयो । हैन अचेलका केटीहरू के भाका । के हुलिया बनाएको यो ? हजुर आमाले भन्नुभयो । टिकटक बनाउन लागेको नि हजुरआमा । भाइरल हुन परेन । बुढीमाउ तपाईलाई के था अहिलेको युग बारे ।

था छ नि यो कलियुग हो बुढी आमैले थप्नुभयो । शान्ताले टिकटकका केही भिडियो देखाइन् हजुरआमालाई । हरे शिव ! के देख्नुपर्यो । कलि लागेछ । मान्छे बाटाघाटा नाच्दै हिँडे बौलाएछ भन्थे अहिले जता पनि नाचेका छन् ।

कोही शोकमा छ उता भीडियै खिचिरा देख्छु । के जमना आयो बरै । आमा भन्दै हुनुहुन्थ्यो । शान्ता टिकटक बनाउन निस्की । डिस्टर्ब नगर्नु है आमै । म नि भाइरल हुनुपर्यो के अब ।

आमा जिल्ल पर्नु भो । अब भाइरल हुने नाममा मान्छे बुङ्गै नाच्न बाँकी छ । प्रतिभा देखाएर रम्नु त ठिकै हो । महत्व बिर्सेर प्रविधिको दुरुपयोग भयो । भाइरल हुने नाममा छाडा भए मान्छे । के–के देख्नुपर्ने आमा एक्लै बर्बराइरहनुभयो ।

गोपाल खनाल
तारकेश्वर गापा–१ दाङसिङ नुवाकोट
हाल पोखरा –११

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *