Skip to content

यसरी माया मार्छौ

  • by

यसरी माया मार्छौ, सोचेकै थिइन
दुर बसाइँ सार्छौ, सोचेकै थिइन

गल्ती नै त केही लाग्दैन भए झै
आउने बाटो बार्छौ, सोचेकै थिइन

बाटो अन्तै मोड्नु रैछ मलाई यसरी
भोलि है भन्दै टार्छौ, सोचेकै थिइन

आफू उन्नतिको शिखर चढेपछि
मलाई तल झार्छौ, सोचेकै थिइन

सुखदुःख सगै जिउने बिर्सिएर बाचा
बिपत्तीमा एक्लै पार्छौ, सोचेकै थिइन

नुवाकोट, तारकेश्वर गापा–१, दाङसिङ
हाल : पोखरा–११

Leave a Reply

Your email address will not be published. Required fields are marked *