Skip to content

ए ! जिन्दगी यो हार

  • by

ए ! जिन्दगी यो हार कतिञ्जेल चल्छ ?
खै घाटाको व्यापार कतिञ्जेल चल्छ ?

दुःख छ, पीडा छ, अभावले बेचैन मन
सोध्छौ आँखा असार कतिञ्जेल चल्छ ?

सोच्नुस् त गाउँका सबै उतै फर्किए भने
घरबेटी बा बजार कतिञ्जेल चल्छ ?

जात, धर्म, क्षेत्र लिई मानवता बिर्सेर
यी मान्छेमा काटमार कतिञ्जेल चल्छ ?

यो सत्य हरेको, न्याय डरेको याम भयो
नबिर्स झुठो प्रचार कतिञ्जेल चल्छ ?

२०७८/८०७
नुवाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *