तीजको रमझम आएपछि सम्झिएर रुन्छु बहिनी
प्रेमपूर्ण विगत सम्झि पागल जस्तै हुन्छु बहिनी
निष्ठुरी त्यो कालचक्र परेपछि तिमी माथि
अँश्रुधारा थामिदैनन् रुमाल त्यैले धुन्छु बहिनी
देह छैन तर तिम्रो आत्मा साथ सधैँ
फोटो हेर्दै सपनीमा तिम्रो स्वर सुन्छु बहिनी
सगैँ खाए खेलेको पल कति रमाइलो हुन्थ्यो
बेहोसीमा मर्छु भन्दै विद्युत रेखा छुन्छु बहिनी
तिहारको रमझम सप्तरङ्गी टीका फूल सम्झी
निधार छाम्दै मखमली माला उन्छु बहिनी
गोपाल खनाल
नुवाकोट, तारकेश्वर गापा १
