डा. गोविन्दराज भट्टराई
प्रेम र वासनाको भुंग्रोमा दु:ख सेकाइरहेका नेपालीका कथा
यो प्रेमको आग्रह हो । बुद्ध चेम्जोङको सबै कथा प्रेम विषयक रहेछन्, प्रेमभन्दा पहिले कामुकता लुकेर हिडेको छ सधैं । कामुकताको मार्गमा हिँड्दा प्रेम पनि प्रदुषित हुने रहेछ । सृष्टिको आरम्भदेखि नै यी सधैँ मुश्किल थियो । मानिस सधैँ ती बीचको भ्रान्तिमा फँसेको छ । यहाँ त्यसैको दृष्टान्त छ । यस्ता कथा मेरोमा प्रेमले नै आइपुगे । हङकङबाट टंक सम्बाहाम्फेले चिनाए, अमेरिकाबाट अमर नेम्बाङले । म हार्न सक्तिनँ । जो नेपाली साहित्यको लागि समर्पित भएर लागि परेका छन्, तिनलाई हार्न कसैले सक्तैन । लोक सिंगक भाइले पुस्तक भइसकेको टाइलिपि ल्याएर मलाई कीर्तिपुरमा बुझाएपछि हेँरे – कुलपति श्री बैरागी काँइलाको र डा. गोविन्दराज भट्टराईको रंगीन तस्बीर समेत्को डमी-किताब आएको छ । यो प्रेम र श्रद्दा दुवै हो । अनि धनकुटा राजारानीका बुद्धलाई मैले आफ्नै सामू देख्न थाले – कथा लेखिरहेको ।
मिथिलाञ्चलको राजधानी कटेर उकालो
मिथिलाञ्चलको राजधानीमा उत्रिँदा एउटा स्वच्छ, घमाइलो संसारमा पुगेजस्तो भयो । काठमाडौंको धूवाँ र धूलो त्यसमाथिको लामो झरीले निस्सासिएका हेमन्त र म । पहिलोपल्ट उपत्यकाबाहिर उडेकी बार्बरा । हवाईमैदान वरिपरिको विस्तृति टाढाबाट उठेका घरबस्ती हेर्दै हामी सहर पस्यौं । सहर घुम्ने इच्छा थियो, समय थिएन तर पनि यी टाढाबाट आएकी नेपालप्रेमी विदुषीलाई पहिलोपल्ट जनकपुर ओराल्न पाउँदा नेल्टालाई कम खुसी लागेको होइन ।
बादलले ढाकेको त्यो शिखर
कृष्णचन्द्रसिंह प्रधानको देहावसानले साहित्य जगत्मा ठूलो रिक्तता उत्पन्न गरेको छ । उहाँको अन्त्यकाल अप्रत्याशित भएकाले हामी चल्दाचल्दै अचानक रोकिएजस्ता भएका छौँ । उहाँको जीवनकालमा गर्ने भनी थालिएका तीनवटा ठूलाठूला कर्म थिए । त्यसो त ती कर्मको सोच र तयारी अघिदेखि नै भएको थियो । असार ९ गते तिनीहरूको अन्तिम स्वरूप खिचेका थियौँ- पुस्तुनजी, उहाँ र म धेरै बसेर छुटेका थियौँ ।
पुस्किनको छेउमा उभिएर
हाम्रो रूस यात्रा पूर्णरूपले साहित्यिक उद्देश्यको थियो । त्यसैले यास्नाया पोल्याना पुगेर फर्केपछि हाम्रो हृदयमा टाल्स्टाय भरिए । अघि पनि थिए, आज झन् प्रगाढ भएर बसे । उनलाई भेटेर फर्किएपछि मनमा अरू तिर्खा उठे । अब गोर्कीलाई यसैगरी भेट्न पाए, पुस्किनकोमा पुग्न पाए, चेखवलाई हेर्न पाए, अरू पनि धेरै छन्, ती महान स्रष्टाहरू नाबाकोन, लेर्मोन्तोव, दोस्तोएब्स्की, सोल्झेनित्सन । तर एकरातको छोटो निद्रा छ, यति धेरै सपना कहाँ फिजाउन सकिएला ? तैपनि उत्साहले हाम्रो मन ठेगानमा थिएन । पुस्किनमा पुगेर यो अडियो ।
अंग्रेजीको मुहुनी लागेर
शिवरात्रिको अवसरमा कसरी अर्को शिवरात्रि पर्व उठयो ! तीन दिन तीन रात, अङ्ग्रेजीको धुनी जगाउन आएकाहरू, ताप्न आएकाहरू । भारत र बङ्गलादेशबाट, पाकिस्तान र श्रीलङ्काबाट मात्र होइन ! टाढाटाढाबाट जापानका एक हूल, उता हङकङ, युनाइटेड अरब इमिरेटस्, कतार, इरान मात्र होइन परपरका बेलायत र अमेरिकादेखिका अङ्ग्रेजीप्रेमीहरूको हूल काठमाडौं ओर्लियो । नेपालका ४६ जिल्लाबाट धारो लाग्यो- सात सय अङ्ग्रेजीप्रेमी तीन दिन तीन रात, कत्रो पर्व ! प्राथमिक तहदेखि विश्वविद्यालयसम्मैका कुनै विषयमा नेपालमा यत्रो सम्मेलन भएको थाहा छैन !
विश्वपरिवेशमा नेपाली साहित्य : परिवर्तित समयको आह्वान र एक वैकल्पिक मार्गचित्रको परिकल्पना
नेपाली भाषाको जीवन झन्डै हजार वर्षलामो भए तापनि यसको साहित्यिक स्वरूपले आकार लिन थालेको भर्खरै हो । यसका कथा, निवन्ध, उपन्यास, नाटक सबै विधाले यतिखेर शतवाषिर्की मनाउँ दै छन् भने महाकाव्य, समालोचना जस्ता कति हाँगाले अझ पछि आकार लिएका हुन्; तिनीहरूको पालो आएकै छैन ।
आज हामी नेपाली साहित्यलाई विश्वको मानचित्रमा कसरी, कहाँनेर देखाउन सकिएला भन्ने चिन्तामा छौं ।
बर्खान्तको बेला डेरिडाको सम्झना
आज डेरिडाको पहिलो बर्खान्त आउनै लागेको छ । जीवनभरि उच्छेदनको दर्शन र क्रान्तिकारी चिन्तन लिएर हिँडेका डेरिडा अन्तिम दिनहरूमा प्राचीन मूल्य र आदर्शतिर फर्केका थिए । आपसी मेलमिलाप र क्षमाद्वारा विश्वबन्धुत्वको स्थापना गर्न उनी प्रयत्नशील थिए । यसबेला हामीलाई उनको सम्झनाले सताउनु स्वाभाविक लाग्दछ किनभने तिनै मूल्यहरूको अभावले जगत जर्जर हुँदैछ ।
प्रेम र रहस्यले छुँदा
यो समय शक्तिशाली नेपाली कविताले हामीलाई छोइरहेको छ । अलि अघि आरएम डंगोलको दसगजावारि उभिएर आयो, शंकर कोइरालाको निर्वस्त्र नगरीमा, त्यसपछि नवराज सुब्बाको बीच बाटोमा ब्युँझेर । अघिल्लो महिना विमोचित मोहन कोइरालाको अन्तिम काव्य सिमसारका राजदूतले नेपाली कवितामा विशिष्ट उचाइ छोयो । यसैबेला सिमानापारि -सिक्किम) बाट वीरभद्र कार्की ढोलीको समाधि अक्षरहरू, प्रवीण राई जुमेलीको इम्पास्टो अक्षर यहाँ आइपुगे ।
बायाँटारीमा एक सुनौलो साँझ
वालिङ नाघेर हामी अघि बढयौँ । पहाडका थुम्काहरू, डाँडाहरू, छिनछिनमा आउने घुम्ती र कुइनेटाहरू । एउटा दृश्य हेरौँ भन्दाभन्दै अर्कोले छोप्तछ । तल गहिरोमा आँधीखोला बगिरहेको छ । कतै बगरहरू छोडेर कतै पहाडहरूमा ठोकिँदै । निकैबेरपछि एउटा ससानो बजार आयो- बायाँटारी । कति अनौठो लाग्यो यो नाम । अलि अघि हामीले काटेर गएका थियौँ मायाटारी । ध्वन्यात्मक साम्यताले उत्पन्न श्रुतिमधुरता ।
आदिकविसँग बेलायतमा
आज म पनि, हे बूढा भानुभक्त, तिम्रो सम्झनाले यो तीर्थस्थलमा आइपुगेको छु ।
क्यान्टरबरी कथिड्रलको दर्शन गर्ने उद्देश्य लिएर हामी बेलायतको दक्षिणपूर्वी किनारतिर लाग्यौँ । यो क्रिस्चियन चर्चको सबैभन्दा ठूलो संरचना जसको प्रमुखमा आर्चविशप नियुक्त हुने ठाउँ । अतीतका १५ सय वर्षदेखि निर्माण र पुनर्निर्माण भोगिरहेको बेलायतकै एक महानतम कथिड्रल, दर्शनका लागि कहलिएको स्थान क्यान्टरबरी ।
बेलायतमा उत्तरआधुनिक विमर्श
मलाई घेरै लामो सपनाको भूमि टेक्ने अवसर प्राप्त भयो । इतिहास र भूगोलका पृष्ठमा अनेकपल्ट यस भूमिको नाम उच्चारण गर्यौं, डोभर बिचदेखि इन्भर्नेससम्मका सयौं नाम कण्ठ गर्यौं । यहा“ कत्राकत्रा आविष्कार भए, कत्रा दर्शनचिन्तन र गौरवगाथाका झन्डा फहराइए, विश्व रङ्गमञ्चमा बेलायत उभि“दा सधै“ नेपालीस“गै थियो । यस्तो भूमि धेरै नेपालीको सपनामा उनिएर आउनु स्वाभाविक हो ।