यो असीम ब्रह्माण्डमा
करोडौं वर्षको यात्राको अन्त्यमा
अनेक चिन्ता, क्लेश र भयका भारी
बोक्ताबोक्ता थाकेर
एकैछिन यहाँ उभिएको म ।

त्यसो त यो मेरो आगमन केवल
एक सांयोगिक आकस्मिकता थिएछ
आइसकेपछि मात्र बोध भयो
यो बाध्यताको क्षणिक यात्रा रहेछ
त्यो बोध मलाई हजारौं मन
भारी लाग्दैछ ।

एउटा भ्रामक गन्तव्य ताक्तै
करोडौं मज‚ता आए होलान्
करोडौं मज‚ता गए होलान्
निरन्तर प्रवाहशील समय–नदीमा
उठेको कुनै एक भुल्को, कुनै एक तरंगज‚तै म
जो समय–नदीमै समाहित हुन्छु।

खुशीको ताजमहल निर्माण गर्दागर्दै
तिनै पर्खाल ढलेर कति पुरिएका होलान्
उम्लिरहेका सपनाका भारीहरू
सिउँदासिउँदै
कति यहाँ
बिलीन भए होलान् ।

एकैपलको निमित्त
अवतरित म

के हाम्रो यस भेटको
कुनै महत्त्व रहला ?
के तिमी र मेरो मिलनको
कुनै गाथामा उल्लेख होला ?
उत्तेजनाले हामी त्यो बेला
दिनभरि हाँसिरह्यौं
व्यग्रताले हामी त्यो बेला
रातभर रोइरह्यौं
म सम्झिन्नँ कति रात
आए, गए
म सम्झिन्नँ कति दिन
आए, गए
तर म सम्झिरहन्छु–
सधैंसधैं तिम्रो हृदयमा हुनेछु
तिमीले भन्यौ
म तिम्रो पूजा गर्दागर्दै
जीवनको सूर्या‚त चुमौं– मैले भनें
तर हाम्रा प्रतीज्ञाका शब्दहरू
कति दिन
यो समय–आकाशमा
प्रतिध्वनित भइरहलान् ?
मलाई सन्देह छ
एकैछिनमा समयको धमिराल

निलिसक्ने हाम्रा जीवन र कर्महरू
एकैछिन सम्झिहेरें
त्यहीं बिसाएर
करोडौं वर्षको यो सृष्टि
कुन कृष्णविवरको सम्झनाले
त्यता दौडिरहेको यो ब्रह्माण्ड
यसमा एकदिन तिमीसँग भेटेको
सम्झनाको के अर्थ रहला र ?
एक जीवनभरि खेलेको
आँसु र हाँसो खेलको पनि
यहाँ कुन अर्थ बाँकी रहला र ?

अनन्ततिर बगिरहने सृष्टि–नदीको
कुनै घुम्ती–दहमा ठोकिएर
उठ्तै फुट्तै गर्ने पानीका फोकाको
कुनै महाअन्धकार डिलमा बसेर
कसले पो गणना गरिरहला र ?

यो आकाशमा रातभर चम्किरहने ताराहरू
अरूअरू य‚ता तारा चम्किने
कति आकाश होलान्
कति महाआकाश होलान्
कति सौर्यमण्डल होलान्
कति ब्रह्माण्ड होलान्
ती अगणित ब्रह्माण्डमा पनि
य‚तै नियतिचक्रहरू घुम्दा होलान्
खरबौं क्षणिक तारामध्ये
म एक ताराको
एकै निमेषको चम्काइ
कसले देख्यो होला
ताराझैं चम्किने तिम्रा दन्तलहरका
त‚बीर कहाँ कसले लेख्यो होला !
यो सृष्टि–समयको डाइग्राममा
हाम्रो मिलन र वियोगको बिन्दु
कसले कहाँ कोरिदियो होला र ?

क्षणभंगुर यो जीवनबत्ती उचालेर
हृदयको अन्धकारलाई
अलिकति उज्यालो पार्न खोज्दैछु
आफैंले हिंडेको पाइला सम्झेर
केही बिम्बमा जोड्न खोज्दैछु
यो सिर्जना कविता बन्दैन होला
तर पनि यो
मेरो उद्विग्न मनको उच्छ्वास
यो समयको विराट आकाशमुनि
एकदिन तिमी भेटिएर शून्यमा बिलाएको
एकदिन म भेटिएर
शून्यमा बिलाएको
यो कविता कसले सम्झिदेला ?
सम्झनुको पनि कुन अर्थ यहाँ
बाँकी रहला ?
अथवा
य‚तो कुनै कविता बनिएला ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *