Skip to content

गोपीलाल कँडेल

आशक्ति र कर्तव्य

  • by

दुई जना साधु एक दिन कतै गैरहेका थिए । बाटोमा नदी पर्दथ्यो । नदी पार गर्न लाग्दा उनीहरूले नदीमा एउटी आइमाई डुब्न लागेको देखे । दुवै जना महात्मा जस्ता लाग्ने साधु थिए । शिर मुडिएका र भगवा पहिरिएका थिए ।

एउटाले भन्यो,”त्यो आइमाई नदीमा डुव्दैछ उसलाई बचाउनु पर्यो ।”

अर्कोले भन्यो,”भाइ तिमीले त त्यस आइमाईलाई हात पनि लगाउनु हुदैन ।”

कुसे औँशी, बुवा र म

आज कुसे औँशी । बुवाको मुख हेर्ने दिन । बुवा तपाई अहिले सशरीर मसँग हुनुहुन्न । तर तपाईको आत्मीय शरीर मेरै ओरीपरी घुमिरहेको छ । मसँगै छ । तपाई मलाई हेरिरहनु भएको होला । मलाई अर्ती उपदेश र आशिरवाद दिइरहनु भएको होला । तर बिडम्बना म न त तपाईलाई देख्‍न सक्छु न त सुन्न नै सक्छु । म अहिले तपाईको तस्वीर सामु हातजोडेर उभिएको छु । भित्तामा झुण्ड्याइएको तस्बीरमा मैले तपाईलाई देखिरहेको छु । यस्तो लाग्छ तपाईंले पनि मलाई हेरिरहनु भएको छ । बुवा ! मलाई आजको दिनमा तपाईको आशिरबादको आवश्यकता छ, शान्तिसुरक्षा अमनचयनको निम्ति प्रशस्त आशिरवाद दिनुहोस् ।

आमा र छोरा

एक दिन एउटी आमाले आफ्नो सानो छोरालाई लिएर मन्दिर जाँदै थिइन् । उनीहरू मन्दिरतिर जाँदै गर्दा बाटोमा सिंगमरमरबाट बनाइएको सिंह देखे । जब बच्चाले सिंह देख्यो, ऊ डराएर रुन लाग्यो । तव उसकी आमाले बच्चालाई सोधिन् –”बाबु तिमी किन रोएको ? ”

बच्चाले भन्यो –”आमा ! मैले दुईवटा सिंह देखेँ, उनीहरूले मलाई खान्छन भन्ने डर लागिरहेको छ ।”

आमाले भन्छिन् –”हैन छोरा यी सिंहहरू त पत्थरका हुन्, यिनीहरूले तिमीलाई थोरै केही गर्न सक्छन् ?!”

अविस्मरणीय यात्रा

  • by

उनको र मेरो चिनजान धेरै लामो होइन । उनी यतै सदरमुकाममा जागिर खान्छन् मेरो दाजु (मेरो दाजुको साथी) को अफिसमा । घर पश्चिमतिर हो रे । उनी मेरो दाजुसँग हिडिरहेको बेला अचानक बोलचाल भएको थियो कुनै दिन उनीसँग मेरो ।

पहिलो भेटमा नै उनको हेराइ बोलाई मलाई मन परेको मात्र होइन अचम्मको लागिरहेको थियो । सारै सरल भाषामा मीठो तरंगित स्वरमा अन्तर उमंगको भाव लुकाउन खोज्दै खुलेर बोलेका थिए उनी मसँग । सारै छोटो कुराकानी पछि हामी छुट्टिएका थियौँ त्यस दिन । त्यस पछिका दिनहरूमा किन हो किन त्यस मान्छेसँग भेट हुन पाए हुदो हो जस्तो भैरहेको थियो ।

रेसुङ्गालाई चिट्ठी

  • by


प्रिय रेसुङ्गा !

आज अचानक तिम्रो याद आयो । मैले तिमीलाई छोडेर हिडेको पनि ३ महिना भैसकेछ । हिजो दिनभरि यताको आकाशमा बादल थियो । सायद तिमी पनि बादलुको घुम्टोले ढाकिएर विवाह मण्डपकी दुलही जस्तै भएकी हौली । म त्यहाँ छँदा तिमी रोइरहन्थ्यौ जस्तो लाग्थ्यो । अलिकति बादल पनि तिमीलाई मन पर्दैनथ्यो । यहाँ तिमी जस्तै काभ्रे छिन् तर तिमीभन्दा धेरै सानी छिन्, तिमी जस्ती जवान पनि छैनन् । तिमी जस्ती रसिली पनि छैनन् । काफल लालीगुराँस ऐसेलुका गहना त छन् काभ्रेसँग तर तिमीले लगाएका जस्ता ताजा उज्याला र रसिला छैनन् । जनतन बाँचेकी छन् यिनी ।Read More »रेसुङ्गालाई चिट्ठी

आफ्नै कथा

आज मलाई अलिकति आफ्नै बारेमा बोल्न मन लाग्यो । र, बोलेँ ………………….

नातावाद, कृपावाद र चाकडीवादको अगाडि निष्ठावाद, इमान्दारवाद र कर्तव्यपरायणवादको केही जोर नचल्ने रहेछ । यसको सिकार म आफै भएको छु ।

२०३८ कार्तिकमा सरकारी सेवामा प्रवेश गरेर करिव १७ वर्ष गृह मन्त्रालय अन्तरगत, करिव २ वर्ष स्वास्थ्य अन्तरगत र हाल निर्वाचन आयोग अन्तरगत १५ औँ बर्ष चलिरहेको छ । यिनै निकायहरुमा मेरो जीवनका महत्वपूर्ण ३४ बसन्त पार भएका छन् । कमाउ अड्डाहरू पनि हुन्छन् भन्छन् तर आफूलाई कहिल्यै थाहा भएन ।

हरपल याद गर्थिन होला

  • by

निस्ठुरी भनी चिनेको भए सायद म माया गर्थिन होला¸
बैगुनी भनी जानेको भए म तिम्रै यादमा डुब्थिन होला ।

बोकेर पिडा बाँचेको थिए बिर्सेको थिए ति सुखहरु¸
सद्‍भाव तिम्रो न पाको भए म तिम्रो नजिक हुन्थिन होला ।Read More »हरपल याद गर्थिन होला

कि ल्यौ न यो प्राण नै

  • by

हे देबी कुन नाउँ हो घर कहाँ¸ छोरी तिमी कस्की हौ ।
एक्लै छ्यौ किन रे बसन्ति वनमा¸ सङ्कोच् केही मान्दिनौ ।।
बल्दै सुन्दर रुपले धपधपी¸ कस्लाइ पर्खी बस्यौ।
तिम्रो त्यो अति भाग्यवान कुन हो¸ कस्को प्रतिक्षा गर्‍यौ ।।Read More »कि ल्यौ न यो प्राण नै

अनौठो प्रेम

  • by

” म यहीँ छु ।”
” मेरोमा आउन छोड्यौ क्या रे ”
” त्यस्तो होइन हजुर ”
” माया भा पो ”
” त्यस्तो नभन्नु न ”
” त्यस्तै त हो नि ”
” आफ्नै काममा भइन्छ¸ त्यसैले ”
” काम छ भन्दैमा माया मार्न पाइन्छ त ? ”

मैले कोहलपुर मेडिकल कलेज अस्पतालमा जे देखेँ


म गत २०६९ बैशाख ३ गते बिहान कोहलपुर मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा थिए । त्यहाँ म त्यसै गएको होइन मलाई गत चैत्र २९ गते बर्दियाको गुलरियामा लायन्स क्लव अफ बर्दिया र सहिद गंगालाल हृदयरोग केन्द्र काठमाण्डौद्धारा संचालित हृदयरोग तथा मधुमेह सम्बन्धी एक दिने शिबिरबाट फिजियोथेरापी गर्न एवं रगतमा बिबिध जाँच गर्न भनी रिफर गरिएको थियो ।Read More »मैले कोहलपुर मेडिकल कलेज अस्पतालमा जे देखेँ