एक दिन एउटी आमाले आफ्नो सानो छोरालाई लिएर मन्दिर जाँदै थिइन् । उनीहरू मन्दिरतिर जाँदै गर्दा बाटोमा सिंगमरमरबाट बनाइएको सिंह देखे । जब बच्चाले सिंह देख्यो, ऊ डराएर रुन लाग्यो । तव उसकी आमाले बच्चालाई सोधिन् –”बाबु तिमी किन रोएको ? ”
बच्चाले भन्यो –”आमा ! मैले दुईवटा सिंह देखेँ, उनीहरूले मलाई खान्छन भन्ने डर लागिरहेको छ ।”
आमाले भन्छिन् –”हैन छोरा यी सिंहहरू त पत्थरका हुन्, यिनीहरूले तिमीलाई थोरै केही गर्न सक्छन् ?!”
फेरि जब उनीहरू आमाछोरा केही अगाडि बढे तव सिंगमरमरका दुईवटा हात्ती देखिए । हात्ती देखेर डराउँदै बच्चा फेरि रुन लाग्यो ।
आमाले सोध्छिन् –”अब फेरि किन रोएको ? “बच्चाले उत्तर दियो –”मैले दुइवटा हात्ती देखेँ, यिनीहरू धेरै ठूला छन्,मलाई कुल्चिएर मारिदिनेछन् “आमाले छोरालाई संझाउदै भनिन् –”हैन बाबु तिमी चिन्ता नगर, यिनीहरूले केही गर्दैनन्, यी त पत्थरका हुन्,यिनीहरूले तिमीलाई के गर्न सक्छन् र ? ”
फेरि केही अगाडि पुग्दा मन्दिरको ढोकामा पत्थरले बनेका दुईवटा ठूला ठूला भयानक द्वारपाल हातमा भाला लिएर खडा थिए । सबैकुरा पत्थरकै थिए । बच्चाले यो सबै देखेर डरायो अनि रुन लाग्यो । फेरि आमाले सोधिन् –”अब फेरि किन रोएको ?”
बच्चाले रुँदै भन्यो –”उता हेर्नुस् त आमा ! दुईवटा देवदूत उभिइरहेका छन् । लामालामा जुँगा पालेका छन्, पगडी बाँधेका छन्,यिनीहरूले हामीलाई मार्ने छन् ।”
आमाले भनिन् –”हैन बाबु यिनीहरू पनि त पत्थरका हुन् । यिनीहरूले तिम्रो केही बिगार्न सक्दैनन् । यिनीहरूले केही पनि गर्न सक्दैनन् ।”
दुवै जना मन्दिर भित्र गए । आमा चन्दन अक्षता, फूल,फल दुध आदि पूजाका सामान मूर्तिमा चढाउदै थिइन । बच्चाले चुपचाप हेरिरहेको थियो । अनि यो सब देखेर बच्चाले आमासँग सोध्यो –”आमा यो तपाई के गरिरहनु भएको छ ?”
आमाले जवाफ दिइन् –”म भगवानको पूजा गर्दैछु, प्रसाद चढाउदै छु, फलफूल चढाउँदैछु, माला चढाउँदैछु ।”
अनि बच्चाले भन्यो –”आमा यिनी पनि त पत्थरकै हुन नि । यिनले तपाईलाई के गर्लान र ?”
बच्चाको जवाफ सुनेर आमा आश्चर्यचकित भइन् । ऊनलाई बच्चाको जवाफले गम्भीरतापूर्वक सोच्न बाध्य बनायो ।
अनुवादक – गोपीलाल कँडेल

katha ramro cha. aru ramra
katha ramro cha. aru ramra ramra katha aaune kura ma biswastha chu. prayas garnu vo vane ramro lekhak hunuhuncha hajur
यस कथाका मूल लेखक को हुन?
यस कथाका मूल लेखक को हुन? जान्ने इच्छा जाग्यो।
यस कथाका मूल लेखक को हुन ?
राजविद्या केन्द्र नई दिल्ली भारतबाट प्रकाशित शान्ति द्विमासिक( नवम्बर- डिसम्बर २०१४ अंक) पत्रिकामा बोध कथाका रुपमा अन्तर्राष्ट्रिय शान्तिदूत श्री प्रेम रावत जी को प्रवचनबाट साभार भनी छापिएको यो कथा मलाई अत्यन्त तार्किक लागेको हुँदा मझेरी डट कम मा राखिदिएँ, पाठकहरुका लागि ।
धन्यवाद गोपीलाल जी। कथा
धन्यवाद गोपीलाल जी। कथा निश्चय नै राम्रो छ। श्री प्रेम रावतका प्रवचनहरू मलाइ पनि राम्रो लाग्छ। श्री प्रेम रावत, श्री रविशंकर जस्ता प्रवचकहरूको अनुसरण गर्नेहो भने विश्व अवस्य शान्त हुने थियो होला।