डा. रवीन्द्र समीर
दिग्भ्रम
ऊ आफ्नो निद्रा सुत्दैन । स्लिपिङ ट्याबलेटमा निद्रा किनेर सुत्दछ अनि अलार्मको आदेश बमोजिम ब्यूँझिन्छ । उसले आहार मात्र होइन, खाना रुच्ने औषधिको नाममा भोक किन्छ र पाचक खाएर खाना पचाउँछ । उसले पालिस लगाएको चामल, रासायनिक मल र कीटनाशक औषधिले हुर्केका तरकारी, हलक्क बढ्ने हर्मोनको सुई लगाएको कुखुरा, जुत्ता टल्काउने रसायनले टिलिक्क टल्काएको तथा रातारात ज्यानमारा रसायनले पकाएका फलफूल, रङमा घोलेको दाल, कारखानाको दूध आदि खान्छ र ‘डाइट’ खाएको भ्रममा पर्दछ ।
विसङ्गतिमाथि प्रहार
पाँच दशकभन्दा लामो इतिहास बोकेको लघुकथा विधा पचासको दशकयता व्यापकरूपमा पल्लवित तथा पुष्पित भइरहेको छ । आजको व्यस्त समय, प्रविधिको साम्राज्य, यान्त्रिक जीवनशैली तथा प्रचुर मनोरञ्जनात्मक साधनहरूको विगविगीले गर्दा आमपाठक थोरै शब्दबाट धेरै सन्देश दिने क्षमता भएको लघुकथा विधातर्फ आकषिर्त भइरहेका छन् । साहित्यका चार विधाहरू आख्यान, काव्य, निबन्ध र नाटकमध्ये लघुकथा आख्यान साहित्यको स्वतन्त्र उपविधाको रूपमा स्थापित भइसकेको छ ।
नेपाल कि सेकुवा ?
दिउँसोको २ बजेको छ ।
म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतीक्षालयमा थचक्क बसेको छु । बारबार घडी हेररिहेको छु र आँखाहरू आगन्तुकको हूलतर्फ निर्निमेष बिछ्याएको छु । मेरा हातमा दुईवटा सुकिला खादाहरू र दुई झुप्पा ताजा र सुन्दर फूल फुलेका छन् । छेउमै रहेका पानीका बोतल र झोला मेरोे साथी बनेर बसेका छन् । थाइल्यान्डकी मित्र डा प्रानी र उसकी प्राध्यापक मित्र झोला गुडाउँदै बाहिर निस्कँदै छन्, अनुहारभर िनवीनता, उत्सुकता र अनिश्चितताको क्रिम पोतेर ।
निषेधको राजनीति
सानो चिटिक्कपरेको सुन्दरघर, घरको वरिपरी सप्तरंगी बगैचा, चिसो झरना, अद्वितीय प्राकृतिक एवं गौरवशाली इतिहास…अवर्णनीय परिवार थियो, त्यो । एकले अर्कालाई सहयोग, सम्मान, माया, सहिष्णुता तथा एकताको थुङ्गाले बुनेको सहअस्तित्वको माला साँच्चै उदाहरणीय थियो । छिमेकीहरूमध्ये अधिकांशले प्रशंसा गरेर थाक्दैनथे, त्यो प्राकृतिक सुखोपभोग गर्न आइरहन्थे, सहयोग गरेर जान्थे भने केही छिमेकीहरू इष्र्या गर्दथे, परिवार बिचको एकता खलबलाउन खोज्दथे ।
