Skip to content

डा. रवीन्द्र समीर

गर्व

  • by

विश्व सम्मेलनको अन्तिम साँझ्, सात तारे होटलमा भव्य पार्टी। सधैं औपचारिक भाषण गर्ने राष्ट्रप्रमुखहरू मदिराको चुस्कीसँगै अनौपचारिकतामा पोखिंदा हलुङ्गो महसूस गर्दै छन्।

विवशता

  • by

‘सबै वर्वाद भयो ठूले !’ गाडी चालकले सोध्यो के भयो मालिक ? ‘के भएन भन्न !’ लामो सुस्केरा निकाल्दै उसले भन्यो प्रेसर बढेछ, सुगर बढेछ, कोलेस्ट्रोल बढेछ, युरिक एसिड बढेछ, पत्थरी पनि छ रे, प्रोस्टेट पनि बढेको छ रे …. ।

दिग्भ्रम

  • by

ऊ आफ्नो निद्रा सुत्दैन । स्लिपिङ ट्याबलेटमा निद्रा किनेर सुत्दछ अनि अलार्मको आदेश बमोजिम ब्यूँझिन्छ । उसले आहार मात्र होइन, खाना रुच्ने औषधिको नाममा भोक किन्छ र पाचक खाएर खाना पचाउँछ । उसले पालिस लगाएको चामल, रासायनिक मल र कीटनाशक औषधिले हुर्केका तरकारी, हलक्क बढ्ने हर्मोनको सुई लगाएको कुखुरा, जुत्ता टल्काउने रसायनले टिलिक्क टल्काएको तथा रातारात ज्यानमारा रसायनले पकाएका फलफूल, रङमा घोलेको दाल, कारखानाको दूध आदि खान्छ र ‘डाइट’ खाएको भ्रममा पर्दछ ।

(लघुकथा) कामना

  • by

म हिँड्दै थिएँ, बजारको पेटीबाट ।

रक्सी पसलेले मतिर हेर्‍यो र मनमनै कामना गर्‍यो यसले पुरा बोतल रक्सी किने हुन्थ्यो नि !

अलिपर पगेपछि मासु पसलेले मतर्फ हेर्‍यो र आशा गर्‍यो दुईचार किलो मासु किनेर बहुनी गरेपनि हुन्थ्यो नि !

विसङ्गतिमाथि प्रहार

  • by

पाँच दशकभन्दा लामो इतिहास बोकेको लघुकथा विधा पचासको दशकयता व्यापकरूपमा पल्लवित तथा पुष्पित भइरहेको छ । आजको व्यस्त समय, प्रविधिको साम्राज्य, यान्त्रिक जीवनशैली तथा प्रचुर मनोरञ्जनात्मक साधनहरूको विगविगीले गर्दा आमपाठक थोरै शब्दबाट धेरै सन्देश दिने क्षमता भएको लघुकथा विधातर्फ आकषिर्त भइरहेका छन् । साहित्यका चार विधाहरू आख्यान, काव्य, निबन्ध र नाटकमध्ये लघुकथा आख्यान साहित्यको स्वतन्त्र उपविधाको रूपमा स्थापित भइसकेको छ ।

नेपाल कि सेकुवा ?

  • by

दिउँसोको २ बजेको छ ।

म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतीक्षालयमा थचक्क बसेको छु । बारबार घडी हेररिहेको छु र आँखाहरू आगन्तुकको हूलतर्फ निर्निमेष बिछ्याएको छु । मेरा हातमा दुईवटा सुकिला खादाहरू र दुई झुप्पा ताजा र सुन्दर फूल फुलेका छन् । छेउमै रहेका पानीका बोतल र झोला मेरोे साथी बनेर बसेका छन् । थाइल्यान्डकी मित्र डा प्रानी र उसकी प्राध्यापक मित्र झोला गुडाउँदै बाहिर निस्कँदै छन्, अनुहारभर िनवीनता, उत्सुकता र अनिश्चितताको क्रिम पोतेर ।

बुबा र बुबाहरु

  • by

‘बाबु ! उँहा तिमो बाबा होइसिन्छ ।’ उसले आर्श्चर्य मान्दै गोरो तथा लजालु युवकको खुट्टामा ढोगिदियो ।
* * *
‘बच्चु ! तिमो पिता आउनुभयो ।’ रातिको पिल्पिले बत्तीमा गहुँगोरो तथा प्रौढ देखिने व्यक्तिको खस्रो काखमा ऊ निधार खुम्च्याउँदै बस्यो ।

निषेधको राजनीति

  • by

सानो चिटिक्कपरेको सुन्दरघर, घरको वरिपरी सप्तरंगी बगैचा, चिसो झरना, अद्वितीय प्राकृतिक एवं गौरवशाली इतिहास…अवर्णनीय परिवार थियो, त्यो । एकले अर्कालाई सहयोग, सम्मान, माया, सहिष्णुता तथा एकताको थुङ्गाले बुनेको सहअस्तित्वको माला साँच्चै उदाहरणीय थियो । छिमेकीहरूमध्ये अधिकांशले प्रशंसा गरेर थाक्दैनथे, त्यो प्राकृतिक सुखोपभोग गर्न आइरहन्थे, सहयोग गरेर जान्थे भने केही छिमेकीहरू इष्र्या गर्दथे, परिवार बिचको एकता खलबलाउन खोज्दथे ।

ढुङ्गाको देवता

  • by

लेउ लागेको हेर्दै घीनलाग्दो ढुङ्गो देखेर उसलाई सनक चढ्यो । अनि अलिकति अविर, अलिकति फूल, अलिकति अक्षता, दुई चारवटा सिक्का र रंगिबिरंगी ध्वजाहरु बााधेर बिरामी छोराको निम्ति भाकल गर्‍यो- हे प्रभु ! मेरो छोरोलाई निको बनाउ, सके कालो बोको नसके लोकल कुखुरो चढाउला ।