Skip to content


म हिँड्दै थिएँ, बजारको पेटीबाट ।

रक्सी पसलेले मतिर हेर्‍यो र मनमनै कामना गर्‍यो यसले पुरा बोतल रक्सी किने हुन्थ्यो नि !

अलिपर पगेपछि मासु पसलेले मतर्फ हेर्‍यो र आशा गर्‍यो दुईचार किलो मासु किनेर बहुनी गरेपनि हुन्थ्यो नि !

मैले बाटो काटेँ ।

औषधि पसलेले मलाई हेर्‍यो र मनमनै इच्छा प्रकट गर्‍यो – यो बिरामी भएर महङ्गो परीक्षण र उपचार गरे हुन्थ्यो नि !

अलिपर पुगेँ । कानुनी केन्द्रमा बसेको मान्छेले मतिर हेरेर आशा गर्‍यो यसलाई ठुलो मुद्दा लागेर म कहाँ आए पनि हुन्थ्यो नि !

म बाँयातर्फ लागें ।

ओठबाट करिब कानसम्म लिपिस्टिक लगाएकी उसले मलाई हेरेर कल्पना गरी यसलाई मुर्गा बनाउन पाए पनि हुन्थ्यो नि !

म दाँयातर्फ मोडिएँ ।

होटेलवाला साहुले मलाई हेरेर इच्छा प्रकट गर्‍यो – यसले मेरो होटेलमा टन्न मासु र भात खाएपनि हुन्थ्यो नि !

उसको कामनाले दुई दिनदेखि गरेको मेरो शरीर रोमाञ्चकारी भयो, पुलकित भयो अनि तत्काली दुर्घटनाग्रस्त भयो किनकि मसँग एक रुपियाँ पनि थिएन ।

शनिबार, गोरखापत्र
भाद्र २६, २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *