Skip to content


‘सबै वर्वाद भयो ठूले !’ गाडी चालकले सोध्यो के भयो मालिक ? ‘के भएन भन्न !’ लामो सुस्केरा निकाल्दै उसले भन्यो प्रेसर बढेछ, सुगर बढेछ, कोलेस्ट्रोल बढेछ, युरिक एसिड बढेछ, पत्थरी पनि छ रे, प्रोस्टेट पनि बढेको छ रे …. ।

‘ठूले ! यो वैभव, यो मान, यो सान …. को अब केही अर्थ रहेन ।’ – उसले युद्ध मोर्चामा बन्दी बनाइएको कमाण्डर जस्तो विम्व प्रकट गर्‍यो ।

‘ठूले ! समयमै परीक्षण गरेको भए नियन्त्रण हुन्थ्यो रे ।’ उसको ढुङ्गे मन पहिलोपटक पग्लियो तैँले सम्पूर्ण स्वास्थ्य परीक्षण गर, पैसाका चिन्ता नगर ।’

‘मालिक ! म स्वास्थ्य परीक्षण गर्दिनँ’ – ठूलेले गाँठो फुकायो – जचाउँदा मलाई कुनै रोग देखिन्छ कि भन्ने डर लाग्दछ ।

शनिबार, गोरखापत्र
चैत्र ८, २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *