Skip to content

छन्द:-भुजङ्गप्रयात
शीर्षक:- उज्यालो
नयाँ जाेशका साथ काेही त आओस्।
तराई हुँदै देशका शैल छामाेस्।।
सबै भीर पाखाहरू हाँस्न पाऊन्।
सधै हर्षले राष्ट्रकाे गीत गाऊन्।।१।।
——————–
कुनै भित्र कुण्ठा भएमा हटाऔ।
म हाेइन् सबै हाै दिलैमा फुलाऔ।।
कतै कष्ट देखे फुलाेस् प्यार वृक्षा ।
बनाेस् एकताकाे सबैमा सदिच्छा।।२।।
———————-
सधै गर्नु अल्छी कहीँ हुन्न हुन्न।
गरे आँँट बाधा सबै हुन्छ छिन्न।।
जुटाैं देशव्यापी बनाेस् देश हाम्राे।
बने देश हाम्राे सबै हुन्छ राम्राे।।३।
——————-
मधेसी,पहाडी सबै एक हामी।
नकाेराैं कुनै चित्र,रेखा नजाती।।
कयौं छन् बसेका बिगार्ने लडाइ।
छ याे देश साझा बचाऔ भगाइ।।४।।
———————-
नहाेस् दाग कालाे कहीँ याे धरामा।
अनेकौं हिरा स्वर्ण हाेऊन् गरामा।।
सबैकाे बनाेस् प्राण याे देश हाम्राे।
फुलाेस् कर्म याे देशमा हाेस् उज्यालाे।।५।।
यादव दुलाल गाउँले
इटहरी,सुनसरी
हाल युएई।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *