छन्द कबिता
शीर्षक:-पैसा सबथोक हाेइन
हिरा र मोती अनि द्रब्य सारा।
बेकार ती छन् किन लाग्छ प्यारा।।
अासक्त मान्छे किन हुन्छ ज्यादा।
के साथ लान्छन् जब देह मर्दा।।१।।
——————–
दया र माया सब लुप्त पारे।
छोडेर सारा मनदेखि भागे।
सुकर्म छाेड्दा मन डुल्छअन्त।
रूखाे छ बाेली मन झन् अशान्त।।२।।
——=————–
पैसा र पैसा सपना त्यही छ।
न भाेक तिर्खा बिपना त्यही छ।।
कर्तव्य के हाे सब बिर्सि दिन्छन्।
र धर्म के हाे नबुझेर बस्छन्।।३।।
——————
चाहिन्छ पैसा तर धेर होइन्।
जाेडेर थुप्राे अब चाहिदैन।।
निर्वाह हाेस् जीवनका सुमार्ग।
याे जिन्दगानी नचलाेस् कुमार्ग।।४।।
——————–
पैसा बिराेधी म कदापि हाेइन्।
लुटेर कालाे धन चाहिदैन।।
इमानदारी मनभित्र अाअाेस्।
कुकर्म सारा मनदेखि भागाेस्।।५।।
——————
पैसा त त्याेे हाे जुन अाज हुन्छ।
के बेर भाेली पर जान सक्छ।।
साँचाे त त्याे हाे मन भित्र हुन्छ।
मरेर जादा पछि सम्म फुल्छ।।६।।
——————
धन्यवाद।
यादव प्रसाद दुलाल “गाउँले”
इटहरी उपमहानगरपालिका
हाल युएई
