Skip to content

मधुमेह

लाग्छ राेग मधुमेह नजान्दा।
खानपान नबुझी सब खादा।।
नित्य जाे शुभ बिहान उठेर।
गर्छ याेग तब घट्छ खुलेर।।१।।

धेर इन्सुलिन भाे मधुमेह।
थाेर इन्सुलिन भाे मधुमेह।।
पेट डम्म झन भाे मधुमेह।
विश्व नै अब भयाे मधुमेह।।२।।

खानु हुन्न गुलियो सुन मित्र।
जिन्दगी छ रसिलाे बुझ भित्र।।
साग पात हरियाे तरकारी।
खानु पर्छ दिनहूँ सुन साथी ।।३।।

गल्छ देह अनि हुन्छ थकान।
नेत्र हुन्छ धमिलाे अब जान।।
गर्छ धेर मद पान यहाँ जाे।
भाेग्छ दुःख पिर राेग यहाँ त्याे।।४।।

प्राण घातक भयाे मधुमेह।
सुक्छ देह पल मै गरि छेद।।
राेग हाे रगतकाे मधुमेह।
छाेड त्याग न निका सब पेय।।५।।

लाग्छ सुन्दर सधै तन अाफ्नाे।
राेगकाे नयन हुन्छ बिरानाे।।
खानु हुन्न मदिरा अब त्यागाै।
पाल्नु हुन्न मधुमेह भगाऊ।।६।।
यादव दुलाल “गाउँले”
२८/७/२०७५

Leave a Reply

Your email address will not be published. Required fields are marked *