छाती दुख्छ र वेदना अति भयो सम्झेर यो फागुन
माञ्छे मार्न लिएर बन्दुक तिनी यात्रा गरेको दिन
कस्तो क्रान्ति थियो विनाश जनको माटो बन्यो रक्तिम
काँप्यो मानवता र हल्लिन पुग्यो यो सृष्टि नै हर्दम।।

रातो रक्त शहीदका हर कुना छन् पोखिएका अँझैं
हाम्रा शासकले भुले बचन ती के स्वार्थ बोक्छन् ल खै
सत्ता केन्द्रित छन् स्वधर्म किन हो आस्था हराएपछि
राम्रो कर्म पुगेछ घाटतिर नै बाटो बिराएपछि।।

कालो रात चिरेर प्रात नहुने कस्तो छ यो साइत
सारा कष्ट भुलेर मग्न मनले फेर्दा भयो आदत
यौटा काल समानको पल बित्यो मानौं थियो त्यो खल
हाम्रो राष्ट्र बनाउने प्रण गरौं होस् एकताको बल।।

-यादव दुलाल गाउँले

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *